नेपाल ट्रस्टको सम्पत्ति हिनामिनामा मुछिएपछि देउवाले खोले मुख

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रस्टको सम्पत्ति व्यवस्थापनसम्बन्धी विवरणमा आफूमाथि भ्रम फैलाइएको भन्दै त्यसको खण्डन गरेका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै देउवाले आफू प्रधानमन्त्री भएका बेलामा कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको प्रष्ट पारेका हुन् ।


Advertisement

'म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन,' देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।'

उनले नेपाल ट्रस्ट ऐन २०६४ जारी हुँदा ट्रस्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको भन्दै ट्रस्टको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा आफूलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत रहेको जिकिर गरेका छन् ।


Advertisement

विज्ञप्तिमा देउवाले प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको बताएका छन् ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्