×

NMB BANK
NIC ASIA

क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’

फागुन १५, २०७६

NTC
Premier Steels

नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

Muktinath Bank

खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइटआर्म मिडियम फास्ट बलर तथा अफ बेक बलर हुनुहुन्छ । अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी प्रकट गरे।


Advertisment
Nabil box
Kumari

‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवद्र्धक रहिसकेको छु’ खड्काले भने,  ‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६३/६४ साल (सन् २००६–७) देखिकै हो, त्यसयता लामो समयदेखि मेरो अग्नि ग्रुपसँग सुमधुर सम्बन्ध रहँदै आएको छ । हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासयिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं । यो सहकार्यबाट म निकै हर्षित छु, ।’

Vianet communication

आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमितकताको सूचीमा पर्ने गरेको खड्काले बताए। ‘मेरो पेशागत कारणले एसयूभी (स्पोर्टस युटिलिटी) गाडी सदैव मेरो प्राथमिकता सूचीमा पर्दै आएको छ, जहाँसुकै जाँदा पनि यसमा मैले मेरो थप भारी लगेज लैजान सक्छु’ खड्काले भन्नुभयो– ‘त्यसैले म सवारी साधनका रूपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छु । सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एक्सयूभी ३०० आफूले प्राप्त गर्दा म अत्यन्तै प्रफुल्लित छु ।’

यस अधि १० जेष्ठ २०७६ मा अग्नि ग्रुपले पूर्व मिस नेपाल शृङ्खला खतिवडा लाई तिन बर्षको लागि ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको थियो  भने आज पारस खड्कालाई दुई बर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । 

उनले महिन्द्रा एक्सयूभी ३०० का लागि अग्नि ग्रुपप्रति आभार व्यक्त गरे। समारोहमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, अग्नि ग्रुपका कम्पनी वरिष्ठ निर्देशक तथा सचिव श्री दुर्गाप्रसाद आचार्य र उप निर्देशक श्री बरदान बस्नेत लगायत पूर्व मिस नेपाल शृङ्खला खतिवडा उपस्थित थिए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x