×

NMB BANK
NIC ASIA

उद्योगमन्त्री भन्छन् - ढुक्क हुनुहोस्, ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ

फागुन २३, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका छन् । विश्वव्यापी महामारीको रूपमा विकसित कोभिड १९ भनिने कोरोनाका कारण दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अवरोध आउन सक्ने देखिएपछि मन्त्रालयले नागरिकलाई खाद्यान्न अभाव नहुने भन्दै आश्वस्त पारेको हो ।

Muktinath Bank

मन्त्री भट्टले बिहीवार र शुक्रवार मन्त्रालय अन्तर्गतका विभाग, औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित दैनिक उपभोग्य वस्तुहरूको कारोवार गर्ने सम्बद्ध व्यवसायका प्रतिनिधिहरूसँग यस विषयमा छलफल गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा दैनिक उपभोग्य वस्तुको विद्यमान अवस्था, समस्या र आगामी दिनमा गर्नुपर्ने कार्यहरूको विषयमा विस्तृत रूपमा कुराकानी भएको मन्त्री भट्टले बताए ।


Advertisment
Nabil box
Kumari

छलफलले बजारमा मास्क र स्यानीटाइजरको आपूर्तिमा असर परेको निष्कर्ष निकालेको छ । यी दुवै वस्तुहरूको आपूर्तिमा सहजपना ल्याउन र अन्य उपभोग्य वस्तुहरूको अभाव नभएको विषयमा जनतालाई आश्वस्त पार्ने र छाता संगठनहरूका मातहत संगठनले आपूर्ति व्यवस्था नियमित गर्नुपर्ने विषय छलफलमा उठेको थियो ।

Vianet communication

व्यवसायीहरूले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री भट्टले पेट्रोलियम पदार्थ, नून चिनी चामल लगायतका खाद्यान्नको आपूर्तिमा समस्या नरहेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सँग २५ हजार ६ सय ६९ मेट्रिक चामल मौज्दात रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हेर्नुहोस् मन्त्रालयले जारी गरेको विज्ञप्ति -


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x