हिमेश पन्त बने कमेडी च्याम्पियनको विजेता

कमेडियन हिमेश पन्त कमेडी च्याम्पियन सिजन १ को विजेता बनेका छन्। उनी धादिङका हुन्।

शनिबार भएको ‘ग्रान्ड फिनाले’ मा अन्य २ जना प्रस्पर्धीलाई पाखा लगाउँदै उनी विजेता बनेका हुन्। सबैभन्दा बढी भोट ल्याएर कमेडी च्याम्पियनको विजेता बनेका पन्तले २५ लाखसहित एउटा कार पाएका छन्। 


Advertisement

ग्रान्ड फिनालेमा उनीसँगै सुमन कोइराला र  खड्गबहादुर पुन पुगेका थिए। आयोजकका अनुसार तीनै जना वर्ल्ड टुरमा समेत जानेछन्। 

ग्रान्ड फिनालेमा महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) प्रमुख अतिथि थिए। 


Advertisement

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्