×

NIC ASIA

अर्थका ‘लोभी’ सहसचिव पोस्न न्युयोर्कस्थित महावाणिज्यदूतावासमा नयाँ दरबन्दी !

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, ७ वैशाख – अर्थ मन्त्रालयका एकजना महत्त्वाकांक्षी सहसचिवको व्यक्तिगत स्वार्थपूर्ति गर्न सरकारले अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा सहसचिवको दरबन्दी सिर्जना गर्ने विवादास्पद निर्णय गरेको छ ।


अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । शाखा अधिकृत वा उपसचिवले चलाउन सक्ने अड्डामा सहसचिवको नयाँ दरबन्दी थपिएको हो । यसले सरकारलाई आर्थिक व्ययभार बढाउनेछ भने अनावश्यक र फजुल तामझाम निम्त्याएको छ ।

‘न्युयोर्कमा रहेको महावाणिज्यदूतावासमा सहसचिवको दरबन्दी सिर्जना गर्ने निर्णय भएको हो,’ परराष्ट्रसचिव शंकर वैरागीले लोकान्तरसँग भने, ‘यसबाट आर्थिक व्ययभार थपिने नै छ तर सरकारले फाइदा पनि लिनसक्छ ।’ सरकारले कस्तो फाइदा लिन्छ भन्ने चाहिँ सचिव वैरागीले खुलाउन चाहेनन् । ‘महावाणिज्यदूतावासमा नेपालीको थप पहुँच बढ्छ,’ उनले थपे ।

तर सचिव वैरागीको यो भनाइमा प्रशासनविद् सहमत छैनन् । ‘शाखा अधिकृत वा उपसचिवले नेतृत्व गर्दा पहुँच नबढ्ने अनि सहसचिवले चलाउँदैमा मात्र बढ्ने भन्ने हुँदैन । सरकारले अनावश्यक दरबन्दी सिर्जना ग–यो जुन फजुल हो,’ एक पूर्व परराष्ट्र सचिवले लोकान्तरसँग भने ।

अर्थ मन्त्रालयभित्र लोभी, घमण्डी, महत्त्वाकांक्षी र सधैं कमाउ एवं आकर्षक अड्डा मात्र ताक्ने कर्मचारीको छवि बनाएका सहसचिव मधु कुमार मरासिनीको व्यक्तिगत दबाब र स्वार्थपूर्तिका लागि सरकारले नयाँ दरबन्दी सिर्जना गरेको स्रोतको दाबी छ ।

तीन वर्षअघि सरकारले न्युयोर्कमा नेपाली महावाणिज्यदूतावास खोलेको थियो । उपसचिवको नेतृत्वमा उक्त निकाय अहिलेसम्म सञ्चालित छ । उपसचिवले चलाउँदा समस्या आएको वा क्षमता अपुग भएको भन्ने कुनै गुनासो छैन ।

‘सहसचिवको अभाव महसूस गरेर वा सहसचिवको अनुपस्थितिमा कुनै ठूलो समस्या आएर यो दरबन्दी सिर्जना गरिएको हुँदै होइन,’ यस विषयमा जानकार एक उच्च सरकारी स्रोतले लोकान्तरसँग भन्यो, ‘एक सहसचिवको दबाब, आकर्षक तलबको लोभ र स्वार्थलाई पूर्ति गर्न सरकारले विवादास्पद निर्णय लिएको हो ।’

महावाणिज्य दूतावासमा जाने सहसचिवको तलब करीब २३ सय डलर अर्थात् साढे दुईलाख रुपैयाँ हुने स्रोतको दाबी छ । त्यसबाहेक अन्य सुविधा पनि थपिनेछन् ।

मन्त्रिपरिषद् बैठकले त्यहाँ हाल अर्थ मन्त्रालयको बजेट महाशाखामा कार्यरत सहसचिव मरासिनीलाई पठाउने निर्णय गरिसकेको छ ।

‘उक्त निकायमा सहसचिवको दरबन्दी सिर्जना गरेर आफैं जान मरासिनीले तीव्र दौडधुप गरेका थिए,’ स्रोतले थप्यो, ‘कांग्रेसको अर्थमन्त्री हुँदा आफूलाई खुँखार कांग्रेसी भन्दै आकर्षक अड्डा, शाखा र जिम्मेवारी फुत्काउन मरिमेटेर लाग्ने मरासिनी अहिले आफूलाई माओवादी देखाएर न्युयोर्कमा रहेको नेपाली अड्डामा आफ्नै ‘पोस्टिङ’ गराउन सफल भएका छन् ।’

स्रोतका अनुसार नयाँ दरबन्दी सिर्जना गरेर त्यहाँ जान मरासिनीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत र केही सहसचिवको चाकडी गरेका थिए ।

परराष्ट्रले पाउने पद अर्थलाई

लोकान्तरको सम्पर्कमा आएका एक पूर्व परराष्ट्र सचिवले महावाणिज्यदूतावासमा परराष्ट्रकै कर्मचारी पठाउन उपयुक्त हुने बताए । ‘महावाणिज्यदूतावासले जुन सेवा र सुविधा दिन्छ त्यो परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर गर्नुपर्ने काम हो,’ उनले भने, ‘परराष्ट्र सेवाको नभए अर्थ मन्त्रालयको सहसचिवलाई पठाउने निर्णयबाटै यसका पछाडि बदनियत लुकेको स्पष्ट हुन्छ ।

मरासिनीको पृष्ठभूमि र छवि

स्रोतका अनुसार अर्थ मन्त्रालय र मातहत निकायमा लामो समय काम गरेका सहसचिव मरासिनी कर्मचारीवृत्तमा घमण्डी, सधैं कमाउ र आकर्षक अड्डा मात्र ताक्ने, महत्त्वाकांक्षी र लोभी सहसचिवका रूपमा चिनिन्छन् । उनलाई केही महिनाअघि राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको थियो ।

तर त्यहाँ गएर उनले काम गर्न चाहेनन् । केही महिना त्यहाँ बसे पनि उनको मुख्य ध्यान अर्थ मन्त्रालयमा कसरी फर्कने भन्नेमा केन्द्रित भयो । ‘अनेक तामझाम र फन्डा गरेर उनी फेरि अर्थ मन्त्रालयमै फर्कन सफल भए,’ मरासिनीलाई नजिकबाट चिन्ने एक उच्च सरकारी स्रोतले भन्यो, ‘अर्थ मन्त्रालयमा पनि उनलाई आकर्षक महाशाखा नभई हुँदैन । ’

स्याङ्जा जिल्ला स्थायी घर भएका मरासिनी हाल अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख छन् । त्यसअघि उनी लामो समय अर्थ मन्त्रालयको वैदेशिक सहयोग (फरेन एड डिभिजन) महाशाखामा रहेका थिए ।

‘वैदेशिक महाशाखामा रहँदा उनको मुख्य ध्यान दाताहरूसँग व्यक्तिगत सम्बन्ध बढाउने र चाकडी गर्नेमै केन्द्रित थियो,’ स्रोतको दाबी छ ।

मरासिनीले निजामती सेवामा रहँदा झण्डै १५ वर्ष वैदेशिक सहयोग र समन्वयसम्बन्धी मामिलामा काम गरेका छन् । उनले विश्व बैंक र आइएमएफमा विभिन्न पदीय हैसियतमा काम गरिसकेका छन् ।

ताकेका थिए एडीबी, जाने भए न्युयोर्क

एक अर्को उच्च सरकारी स्रोतका अनुसार मरासिनीले खासमा एसियन डेभलपमेन्ट बैंक (एडीबीको) मुख्य कार्यालय रहेको मनिलामा नेपालको तर्फबाट निर्देशकको पद ताकेका थिए । उक्त पद तलबसुविधाका हिसाबले निकै आकर्षक मानिन्छ ।

‘मरासिनीले ताकेको एडीबीको निर्देशक पद मुख्यसचिव सोमलाल सुवेदीले उछिट्याइदिएपछि मरासिनी न्युयोर्कको महावाणिज्यदूतावासमा सहसचिवको दरबन्दी सिर्जना गरेर आफैं त्यहाँ जान मरिमेटेर लागेका थिए । निर्णय गराएरै छोडे,’ स्रोतले भन्यो ।

साथीहरूले मेरो धेरै नै डाहा गरे : मरासिनी

सहसचिव मरासिनीले निजामती सेवामा रहँदा आफूमाथि सहकर्मी साथीहरूबाट धेरै नै अन्याय भएको बताए । ‘नेपालमा खुट्टा तान्ने प्रवृत्ति छ । साथीहरू मेरो धेरै डाहा गर्छन्,’ उनले थपे, ‘ म १५ वर्ष वैदेशिक सहयोग र समन्वय मामिलामा काम गरेको कर्मचारी हुँ ।’

महावाणिज्यदूतावासमा परराष्ट्र सेवाको कर्मचारी जानैपर्ने बाध्यता नरहेको उनको दाबी छ । ‘हङकङमा र कोलकातामा हेर्नुहोस् न । त्यहाँ प्रशासनकै सहसचिव महावाणिज्यदूत छन् भने म न्युयोर्कको महावाणिज्यदूतावासमा किन जान नपाउने ?’ उनले उल्टै प्रश्न गरे ।

के गर्छ महावाणिज्यदूतावासले ?

न्युयोर्कमा रहेका महावाणिज्यदूतावासले त्यहाँ रहेका नेपालीहरूका समस्या सुन्ने, वैदेशिक कागजात, कानूनी प्रक्रिया, झन्झट, विवाद र मुद्दा मामिलाको सुनुवाइ एवं समन्वय गर्ने काम गर्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x