पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
– भिम बिश्वकर्मा क्षितिज
आज २१ मार्च अर्थात् ५५ औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मुलन दिवस हो । बिश्वभरी नै विभिन्न कार्यक्रमका साथ यस दिवसलाई मनाइँदै छ । सम्पूर्ण मानव जातिको कलंकको रूपमा रहेको जातीय एबं रङ्गभेदविरुद्ध गरिने आन्दोलनहरूलाई यस दिनले प्रेरणा दिने गरेको छ । संसारमा मानिसले मानिसमाथि अन्याय, अत्यचार र विभेद नथुपारेको ठाउँ अपवादको रूपमा पनि कहिँकतै पाइँदैन । कुनै न कुनै प्रकारको वर्ग, क्षेत्र, लिङ्ग, जाति र रङ्गको आधारमा दमन उत्पीडन गर्ने परिपाटी चलिरहेको छ । हो, यही उत्पीडनको स्वरूपमा दक्षिण अफ्रिकामा रङ्गभेद थियो । रङ्गभेदको विरुद्धमा त्यहाँ उत्पीडित काला जातिले गरेको साहसिक आन्दोलनको स्मरणार्थ २१ मार्च हाम्रो सामु उभिएको छ ।
वास्तवमा २१ मार्च तमाम प्रकारका भेदभावपूर्ण व्यवहारबाट आक्रान्त पीडितहरूको न्यायको प्रतिमूर्ति भएको छ । नेपालमा जातपात छुवाछुत जस्तो सामजिक विभेद आज पर्यन्त रहेको छ । यसको विरुद्धमा एउटा आन्दोलन र अभियानको खाँचो छ । २१ मार्चले हामी सबैलाई त्यही प्रेरणा देओस् शुभकामना छ ।
सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको शार्पभिल्ले भन्ने ठाउँमा गोरा जातिले काला जातिलाई गरेको भेदभावको विरुद्धमा काला जातिले जातिभेद ऐन पासलको विरुद्ध प्रदर्शन गरे । त्यस आन्दोलनलाई तत्कालीन बोथा सरकारले दमन गरी ६९ जना (८ महिला र १० वालवालिकासहित) प्रदर्शकारीहरूको कत्लेआम गर्यो । सयौं आन्दोलनकारीहरू अङ्गभङ्ग तथा घाइते भएका थिए । त्यो कहालीलाग्दो नरसंहारदेखि विश्व नै स्तब्ध भयो । यस घटनापछि संयुक्त राष्ट्र संघले सन् १९६५ डिसेम्वर २१ मा सबै प्रकारका जातीय भेद तथा रङ्गभेद उन्मुलन गर्ने महासन्धि पारित गर्यो । मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मुलन दिवस मनाउने निर्णय गर्यो । १९६६ मार्च २१ देखि यो दिवस मनाइँदै आएको छ ।
नेपालले सन् १९७१ मा यस महासन्धिमा हस्ताक्षर गरेको छ । त्यसयता नेपालमा पनि २१ मार्च मनाउँदै आएको पाइन्छ । यसरी यो दिन संघर्षको दृष्टिले अनि संघर्षको विजयको दृष्टिले पनि विशेष मननयोग्य दिनको रूपमा रहेको छ । मार्च २१ का ती महान् शहीदहरूप्रति भावपूर्ण श्रद्वान्जली व्यक्त गर्दै दलित समस्या र दलित आन्दोलनका उपलब्धिहरूको सवालमा एकचोटी दृष्टिगोचर गरौं ।
दलित समस्या
दलित समस्या नेपाली समाजको जल्दोबल्दो समस्याको रूपमा रहेको छ । यो समस्या नेपालीको मात्र नभएर हिन्दु वर्णाश्रम व्यवस्थाद्वारा लादिएको दक्षिण एशिया कै समस्याको रूपमा रहेको छ । हिन्दु वर्णाश्रम व्यवस्थामा श्रम बिभाजनका प्रक्रियाबाट नै ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र जन्मियो । शुद्रहरूमाथि प्रकारन्तरले छुवाछुत थुपारियो । बहिष्कृत गरियो । वञ्चितीकरणमा पारियो । फलस्वरूप शुद्रहरू सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिकरूपमा धेरै पछाडि परे । ती शुद्रहरूले पछि आफूलाई दलित समुदायको रूपमा परिभाषित गरे । आज पनि शुद्र समस्या वा दलित समस्या ज्यूँ का त्यूँ नै छ । आजको परिवेशमा हेर्दा दलित समस्या छुवाछुत र भेदभावपूर्ण व्यवहार, पहुँच र अधिकारहीनताको रूपमा परिभाषित गर्न सकिन्छ । पछिल्लो तथ्यांकलाई हेर्दा नेपालमा ६५.९५ प्रतिशत साक्षर भएकोमा ७६.३ प्रतिशत ब्राह्मण-क्षेत्री साक्षर छन् भने दलितहरू भने ५२.४८ प्रतिशत मात्र छन् । औसत गरीबी २५ प्रतिशत हुँदा दलितहरू पहाडमा ४२.६५ प्रतिशत र मधेशमा ३८.१६ निरपेक्ष गरीबीको रेखामुनि छन् । बाह्मण-क्षेत्री ८० प्रतिशत सरकारी क्षेत्रमा हुँदा दलितहरू २ प्रतिशत मात्र छन् । यो दयनीय अवस्थाले दलित समस्याको विकराल रूप प्रस्टाएको छ । दिनदिनैको छुवाछुतको घटनाले नेपाली समाजको निर्दयिता र असभ्यता नै विश्वसामु देखा परेको छ ।
छुवाछुत अपराध कि रुढीवादी परम्परा?
आजको मितिमा पनि छुवाछुतलाई प्रथा र परम्पराको रूपमा मानिएको अवस्था छ । समाज विकासको क्रमिकतामा छुवाछुत प्रथा जन्य रुढीवाद हट्दै जान्छ आत्तिनु पर्दैन भन्ने भनाइ विद्धान मित्रहरूबाट नै आउँदा यो मन चसक्क बिझाउँछ । हिजो यसलाई समाजको चलन नै हो भनियो । आज छुवाछुतलाई कुप्रथाको रूपमा बुझिँदैछ । आज पनि बिद्यालयका बालबालिकाहरूलाई छुवाछुत एक कुप्रथाको रूपमा नै पढाइन्छ । तर कानूनले यसलाई अपराधको रूपमा परिभाषित गरेको छ । छुवाछुत अपराध गरे बापत जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) ऐन २०७५ मा ३ महिनादेखि ३ वर्षसम्म कैद सजाय र ५० हजार देखि २ लाखसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । कानूनले अपराध मानेको जातीय छुवाछुतलाई रुढीवादी परम्परा मान्ने गल्ती हामी कसैबाट हुनु हुँदैन । बरू कानूनको व्यापक प्रचारप्रसार गर्नुपर्छ । कानूनको कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गर्नुपर्छ ।
दलित आन्दोलनका उपलब्धिहरू
७३ वर्षको दलित आन्दोलनमा विभिन्न आरोह र अवरोह देखा परेका छन् । भगत सर्बजीतको सर्वजन संघदेखि आजसम्म आइपुग्दा यस आन्दोलनले केही उपलब्धिहरू पनि प्राप्त गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ) ऐन २०६८, नेपालको संविधान २०७२ मा छुवाछुतविरुद्धको हक, दलित हक, संवैधानिक दलित आयोग गठनको व्यवस्था दलित आन्दोलनले प्राप्त गरेका उपलब्धिहरू हुन् । आज ६० वर्षमा नै दलितहरूले वृद्ध भत्ता पाउँछन् । ५ वर्ष मुनिका दलित बालबालिकाहरूले पोषण भत्ता पाउँछन् । अहिले नयाँ ऐन बनेको छ, जसमा आवासविहीन र भूमिहीन दलितहरूलाई एकचोटी आवास निर्माण गर्ने र जग्गा उपलब्ध गराउने व्यवस्था छ । छात्रवृत्तिको ऐन बन्दैछ । उच्च शिक्षासम्म छात्रवृत्तिसहित नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने कुरा संविधानले नै बोलेको छ । केही सभासद्, सांसद भएका छन् । विसं २०६३ बाट दलितहरू क्याबिनेट मन्त्री भए । हालसम्म पुग्दा ७ जना दलितहरू त क्याबिनेट मन्त्री नै भएका छन् । केही प्रजिअ, एसपी, डीएसपी, उपसचिव, सहसचिव भएका छन् । दर्जनौं अधिकृत र सुव्वा भएका छन् । आज देशभर ६ हजार भन्दा बढी दलित महिला जनप्रतिनिधि छन् । यी सबै दलित आन्दोलनको देन हो । यीनै उपलब्धिहरूको रक्षा र प्रयोग गर्दै राज्यबाट अहिलेसम्म पछाडि पारिएका दलित समुदायलाई समानुपातिकभन्दा बढी क्षतिपूर्तिसहितको थप अधिकारको ग्यारेन्टीको लागि संघर्षरत रहनुको विकल्प छैन । समतामूलक समाज हुँदै पूर्ण समानता र स्वतन्त्रताको समाज बनाउन सक्दाको दिन नै २१ मार्च मनाउनुको सार्थकता हुनेछ ।
(क्षितिज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कार्यालय सदस्य हुन् ।)
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...