अफगानिस्तान : तालिबान आक्रमणमा परी ६ सैनिकको मृत्यु

तालिबान आतंकवादीहरूले दक्षिणी भागमा रहेको जाबुलमा अफगान सेनाको एक चेकपोइन्टमा आक्रमण गरेर ६ जना सैनिकको हत्या गरेको अफगानिस्तानको रक्षा मन्त्रालयले सोमवार जनाएको छ । 

आइतवार अबेर राति भएको आक्रमण गरिएको थियो । तालिबान लडाकू सैनिकहरूलाई झुक्याएर क्याम्पमा पस्न सफल भएको अनि सैनिक मारेपछि कैयौं हतियार लिएर उक्त क्षेत्रबाट भागेको एक स्रोतले बतायो । 


Advertisement

तर जाबुलका गभर्नर राहमतुल्लाह यारमलले तालिबानसँगको भिडन्तमा सैनिकहरू मारिएको बताए । 

फेब्रुअरी २९ मा अमेरिका र तालिबानले कतारको राजधानी दोहामा शान्ति सम्झौतामा सहमति गरेका थिए । त्यसपछि अफगानिस्तानभित्रकै शक्तिहरूबीच सम्झौता हुने कार्यक्रम थियो । तर राष्ट्रपति अशरफ गानी र उनका


Advertisement

राजनीतिक प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाह दुवैले चुनाव जितेको दाबी गर्दै आफू नै राष्ट्रपति भएको दाबी गरेपछि राजनीतिक गतिरोध जारी छ । अनि काबुलले तालिबानसँग कैदी साटासाट गर्न पनि अनकानाएकाले शान्ति प्रक्रिया अवरुद्ध छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्