×

NMB BANK
NIC ASIA

साइन बोर्डमै सीमित प्रदेश प्रयोगशाला ! न कुनै चेकजाँच, न आवश्यक जनशक्ति

चैत १८, २०७६

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको जाँच र पहिचानका लागि स्वाबको नमूना परीक्षण गर्ने प्रयोगशालाई महत्त्वपूर्ण मानिन्छ तर २ नम्बर प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला साइन बोर्डमै सीमित भएको छ ।

Muktinath Bank

प्रयोगशालामा सवारीसाधन तथा जनशक्ति पर्याप्त नहुँदा कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाब संकलनमा समस्या उत्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रयोगशालाका निर्देशक रामबिनय साहले भने, ‘अहिले विभिन्न ठाउँमा रहेको क्वारेन्टाइनदेखि अस्पतालको आइसोलेसनसम्म स्वाब संकलन गर्न जानुपर्ने हुन्छ तर न त सवारीसाधन छ, न त प्राविधिकसहित अन्य प्रशासनिक जनशक्ति नै ।’


Advertisment
Nabil box
Kumari

विश्वका विभिन्न देशमा भाइरस संक्रमणको महामारीका बेला प्रदेश सरकारले प्रयोगशालालाई तयारी अवस्थामा राख्न गाडी र केही थप प्राविधिक जनशक्ति उपलब्ध गराउनुपर्ने उनले बताए ।

Vianet communication

प्रदेश सरकार मातहत जनकपुरमा प्रादेशिक प्रयोगशालाको कार्यालय स्थापना गरिएको भएपनि प्रयोगशालामा कुनै पनि परीक्षण हुँदैन । साविकमा जिल्ला जनस्वास्थ्य कार्यालय रहेको हालको स्वास्थ्य कार्यालय धनुषाको २ वटा कोठामा प्रयोगशाला कार्यालय खोलिएको छ, साइन बोर्ड झुण्ड्याइएको छ तर कुनै पनि रोगको परीक्षण गरिँदैन । प्रयोगशाला नै बनाइएको छैन ।

‘कात्तिक ४ गते हाम्रो कार्यालय स्थापना भयो तर स्रोतसाधनको अभावमा प्रयोगशाला कक्ष बनाइएको छैन,’ निर्देशक साहले भने, ‘अहिले हामीसँग मातहतको अस्पताल वा स्वास्थ्य संस्थामा नै गएर नमूना संकलन गर्ने विकल्प मात्रै छ ।’ तर आफ्नै निजी सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

प्रादेशिक प्रयोगशालामा १४ जनाको दरबन्दी छ । त्यसमध्ये ७ जना मात्र कार्यरत छन् । ५ जना प्राविधिक, १ जना लेखापाल र १ जना कार्यालय सहयोगी कार्यरत छन् । कार्यरत ५ जना प्राविधिकमध्ये २ जना प्राविधिक ल्याब टेक्निसियन गुणानन्द साह र रामउदगार यादव प्रादेशिक अस्पताल जनकपुरमा काजमा खटिएका छन् । हाल प्रयोगशालामा जनशक्ति पनि अभाव रहेको उनले बताए ।

कोरोना भाइरस जाँचको नमूना संकलन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रादेशिक प्रयोगशालाका २ जना प्राविधिकलाई बोलाएर तालिम दिएको छ । 

सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडीले मन्त्रालय मातहत सवारीसाधन उपलब्ध नभएका कारण एउटा एम्बुलेन्स र एउटा चारपांग्रे सवारीसाधन तत्काल भाडामा लिएर सञ्चालन गर्न निर्देशन दिइसकेको बताए । जनशक्ति व्यवस्थापनका लागि समेत मातहतको कार्यालयमा पत्राचार गरिसकेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x