×

NMB BANK
NIC ASIA

कागेश्वरी-मनोहराका चार हजार ९ सय परिवारलाई राहत वितरण

चैत २४, २०७६

NTC
Premier Steels

काठमाडौं र भक्तपुर जिल्लासँग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका चार हजार ९ सय परिवारलाई राहत वितरण गरेको छ । 

Muktinath Bank

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसंगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई नगरपालिकाले राहत वितरण गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नगरपालिकाले आइताबार साँझसम्मको तथ्यांक अनुसार  नौवटै वडाका चार हजार ९ सय परिवारलाई राहत बाँडेको जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट गरिएको राहत वितरणबाट नगरभित्रका छाक टार्न मुस्किल पर्ने विपन्न परिवार लाभान्वित भएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताए।

Vianet communication

दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई चामल, दाल, खाने तेल र साबुन खरिदको लागि विपन्न परिवार छनौट गरी प्रतिपरिवार एक हजारको दरले नजिकैको खाद्यान्न पसलबाट आवश्यक सामान खरिद गर्ने गरी कुपन बाँडिएको थापाले बताए।
 
नगरपलिकाको विपद् कोषमा नगरपालिकाको ५० लाख र अन्य अनुदान तथा सहयोग संकलन स्वरुप ४० लाख गरी जम्मा ९० लाख रुपैँया संकलन भैसकेको छ । अवस्था हेरेर राहत वितरण गर्दै जादाँ नपुगेको खण्डमा नगरपालिकाले थप ५० लाख कोषमा जम्मा गर्ने पनि प्रमुख थापाले जानकारी दिए।

नगरपालिकाको वडा ६ स्थित अर्याल गाँउ नमूना टोल सुधार समितिका टोलबासी र सिन्धुपाल्चोक जिल्ला पत्रकार महासंघका अध्यक्ष महेश श्रेष्ठको सक्रियताबाट संकलन भएको २१ हजार २१५ रुपैयाँ वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाँललाई हस्तान्तरण गरेका छन् । a

कोरोना रोकथाम तथा विपन्न परिवारलाई राहत प्याकेज वितरणमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक संकलन गरी हस्तान्तरण गरिएको स्थानीय राजेन्द्र दुलालले बताए।

वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले उक्त सहयोगले ठूलो राहत मिलेको बताए। विपद् कोषमा जम्मा भएको बजेट कम भएका कारण सबै विपन्न परिवालरलाई समेट्न नसकेको खण्डमा टोलबासीले गरेको आर्थिक सहयोगबाट थप विपन्न परिवारलाई राहत बाँड्न सहयोग पुगेको बताए।
 
हालसम्म नगरपालिकाले कोरोनाको रोकथाम तथा उपचारको लागि गागलफेदी तथा विभिन्न स्वास्थ्य चौकीमा गरी ६० वटा क्वारेन्टाइन तथा ५ वटा आइसोलेसन कक्ष  तयार गरेको छ। साथै, नगरपालिकाले उपचारको लागि आवश्यक परेको खण्डमा तत्काल उद्दार गर्न चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x