२२ असार २०८३, सोमबार

चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

कात्तिक २०, २०७४
चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा


बैतडी, १० वैशाख - स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् ।election-lokaantar-1

राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत पृथ्वीराज पन्त, शिवलिङ्ग मावि बगर धौलाडीमा कार्यरत रामसिंह धामी र कुलाउ मावि कुलाउमा कार्यरत गोरखबहादुर चन्द रहेका छन् ।

राजीनामा दिने शिक्षकहरु २५ वर्षभन्दा बढी शिक्षण पेसा गरिसकेका रहेका जिल्ला शिक्षा कार्यालय, बैतडीले जनाएको छ ।

चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह

जिल्ला शिक्षा कार्यालय, बैतडीले जिल्लामा कार्यरत शिक्षकलाई चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत पार्टीको झन्डा बोकेर चुनावी प्रचारप्रसारमा शिक्षक लागेको पाइएमा शिक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो ।

पछिल्लो समयमा शिक्षकलगायत सरकारी कर्मचारीहरु पार्टीको प्रचारप्रसारमा बढी केन्द्रित हुने गरेका छन् । चुनाव नजिकिएसँगै कर्मचारीहरु पार्टीको झन्डा बोक्दै चुनावी प्रचारमा लागेकाले जिल्लामा कार्यरत कर्मचारीलाई प्रचारप्रसारमा नलाग्न जिशिका, बैतडीले आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्षका लागि राजीनामा

बैतडीको तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्नका लागि कुलाउ माविका प्राचार्य गोरखबहादुर चन्दले राजीनामा दिएको बताउनुभएकोे छ ।
स्थानीय तहको चुनावमा पञ्चेश्वर गाउँपालिकाका लागि एमालेबाट अध्यक्ष पदको उम्मेदवारीका लागि चन्दले प्राचार्य पदबाट राजीनामा दिनुभएको हो ।
तल्लोस्वराड क्षेत्र थुप्रै सम्भावना भएकाले ती सम्भावनाको खोजी र प्रयोगका लागि आफूले पहल गर्ने चन्दले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्