×

NMB BANK
NIC ASIA

रूसमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ७० हजारभन्दा बढी

बैशाख १३, २०७७

NTC
Premier Steels

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा थप पाँच हजार ९६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

Muktinath Bank

उक्त भाइरसको सङ्क्रमणका कारण रूसमा ६८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा थप ६६ व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै रूसमा सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् विगत २४ घण्टामा मात्रै रूसमा ६८२ कोरोना सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका बताइएको छ ।


Advertisment
Nabil box
Kumari

देशको सबैभन्दा बढी प्रभावित मानिएको राजधानी मस्कोमा विगत २४ घण्टामा थप दुई हजार ६१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । रूसी राजधानीमा शनिबारसम्ममा ३९ हजार ५०९ जनामाा  सङ्क्रमण देखिएको छ ।

Vianet communication

रूसको उपभोक्ता अधिकार तथा मानवहितका लागि सक्रिय संस्था रोसपोट्रेवनाजोरले शनिबार एक विज्ञप्ति जारी गरी रूसमा शुक्रबारसम्ममा एक लाख ६८ हजार ५५ व्यक्तिलाई भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । भाइरस सङ्क्रमणको सुरूको अवस्थामा ल्याब परीक्षणमा पनि सङ्क्रमण पुष्टि नदेखिने हुँदा उनीहरूलाई निगरानीमा राखिएको हो ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो । अहिलेसम्ममा एकैदिन सबैभन्दा बढी यही अप्रिल १९ मा छ हजार ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

रूसको यतिवेलाकोे सबैभन्दा प्रमुख कार्य कोभिड–१९ सङ्क्रमण र सामाजिक तथा आर्थिक क्षतिको प्रभावलाई नियन्त्रण गर्ने रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बताएका थिए ।

रूसी केन्द्रीय बैंकले शुक्रबार उसको प्रमुख कर्जा दरलाई सन् २०१३ पछि पहिलो पटक ०.५ प्रतिशत अङ्कले कटौती गर्दै कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिई ५.५ प्रतिशत बनाएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x