×

NMB BANK
NIC ASIA

स्थानीय सरकारको पहलमा घर फर्किन पाउँदा खुसी भए नागरिक

बैशाख १३, २०७७

NTC
Premier Steels

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउनमा छ। सरकारले महामारीलाई नियन्त्रण गर्न तथा यसबाट सुरक्षा अपनाउन लकडाउन घोषणा गरेको एक महिना बढी भैसक्यो।

Muktinath Bank

चैत १० गते राती लकडाउनको घोषणा गरेसँगै उपत्यका बाहिरका लाखौं मजदुर, विद्यार्थी  र सर्वसाधरण काठमाडौंमा नै बन्धक बने । जागिर गरेर छाक टार्ने परिवारदेखि लिएर कोठा भाडामा बस्ने विद्यार्थीहरु समेत समस्यामा परे। राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि लाखौं मजदुर तथा विद्यार्थी रातदिन पैदलबाटै आफ्नो घर जान बाध्य भए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले देशका विभिन्न स्थानीय सरकारले आफ्ना क्षेत्रका नागरिकलाई उपत्यकाबाट गाडिको व्यवस्था गर्दै घर फर्काउने व्यवस्था गरिरहेका छन्।


Advertisment
Nabil box
Kumari

सिन्धुली तिनपाटन गाउँपालिका-४ का विनोद दुलाल भन्छन्, ‘लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिनकाटेका हामी एक मिहिना पछि गाउँ घर फर्किन पायौं। फेसबुक र टिभीमा मजदुरहरु पैदलनै घर फर्केकोे तस्बिर देखेपछी ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो। अहिले उक्त त्रासबाट मुक्त भएका छौं।’ 

Vianet communication

राजधानीमा अलपत्र परेका मदजुर, विद्यार्थी तथा सर्वसाधारणलाई तिनपाटन गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको छ। गाउँपालिकालेनै   आर्थिक खर्च व्यहोर्ने गरी गाडिको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो।

तिनपाटन गाउँपालिकाको अनुसार ‘काठमाडौंमा अलपत्र परेका सर्वसाधरणलाई ९ वटा बसको व्यवस्था गरी ६५८ जनालाई सिन्धुली ल्याइएको छ। गाउँपालिका वडा नम्बर ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पाठाउने गरिएको छ। उपत्यकाबाट आएका सर्वसाधरणहरु १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ। त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परिक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ।’ 

तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्न समेत अनुरोध गरे।

ढिलै भएपनि स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुसी छन्। पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै थिइन्, 'गाउँ आउन पाइयो यसैमा खुशी छु। अब त साग मात्रै खाएर भएपनि बाचिँने आत्मबल जागेको छ । बिना खर्चमा सजिलोसंग आउन पाइयो यसमा झन् खुसी छु।'
 
नागरिकहरुमा मनोवैज्ञानिक त्रास बढ्दै जाँदा आफ्नो नागरिकलाई सहज व्यवस्थापन गर्न केन्द्र सरकारबाट उपायसहितको निर्देशन आउने अपेक्षा थियो गाउँपालिका अध्यक्ष कर्ण थापा भन्छन्, 'त्यो नपाएपछि  उपत्यकामा राजनीतिक र सामाजिक क्षेत्रमा रहनुभएका साथीहरूसँग समन्वय गरेर आफ्ना नागरिक ल्याएका हौं।'

जनतालाई समस्या परेको महसुस गरेपछी हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालक सँग समन्वय गरेर काठमाडौं पठाएका थियौं र त्यही अनुसार तिनपाटनका नागरिक आफ्नो घर फर्किएको थापाले जानकारी दिए। 

अध्यक्ष थापा भन्छन्, ‘आफ्नो गाउँपालिकाको जनताको करबाट संचालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुसी भएका छौं। सम्पूर्ण तिनपाटनबासी आफैंले तिरेको करको पैसाले घर आए त्यसैले यो खर्च गाडीलाई गाउँपालिकाले दिन्छ। यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो।'

एक सय ५० भन्दा बढी गाउँपालिकाको सम्पर्कमा  आएका पोखरामा रहेका नागरिकलाई लिन तिनपाटन गाउँपालिकाले शनिबार तीनवटा बस पोखरा पठाएको छ । 
तिनपाटनको तीन नम्बर वडाअध्यक्ष लाल बहादुर स्याङतानले काठमाडौंमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनीहरु बसिरहेको घरमा नै राहत स्वरुप खाद्यान्न पठाएका बताए। हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारी समेत उनले जानकारी दिए । 

काठमाडौँ लगायत अन्य क्षेत्रमा पेशा, तथा व्यवसाय गर्न पुगेका नागरिकहरुलाई ल्याउने तयारीको विषयमा गाउँपालिकाले छलफल गरिरहेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x