ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गरिने

प्रतिकार्यात्मक तस्वीर।

सिन्धुपाल्चोकमा विकास निर्माणका आयोजना सञ्चालन हुन थालेपछि यहाँका स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएका छन्। 

सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा, यात्रु, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो। 


Advertisement

सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनामा काभ्रेको बनेपासहित तराईका जिल्लाबाट रड, सिमेन्ट र फलामलगायत सामग्री ढुवानी गरिन्छ। यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा किटनाशक औषधि छर्किएर व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइने चौतारा साँगाचोकगढीका मेयर अमानसिं तामाङले बताए। 

सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारी साधन पनि गुड्ने भएकाले सबै यात्रुको समेत परीक्षण गरेर मात्रै पठाइने प्रमुख तामाङले उल्लेख गरे। लकडाउनको अवधि बढ्दै गएपछि जिल्लामा रोकिएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारी साधानको आवतजावत बढेको छ।


Advertisement

गाउँमा अन्य जिल्लाबाट सवारीसाधन आउन थाले पनि स्थानीय त्रसित भएका थिए। त्यसैले जिल्लामा कोरोना भित्रिन नदिन स्थानीयलाई समेत आश्वस्त बनाउन यस्तो काम थालिएको हो ।

कमेन्ट गर्नुहोस्