×

NMB BANK
NIC ASIA

उर्जामन्त्रीसँग मुख्यमन्त्री शाहीले भने-कर्णालीलाई उत्पादन र उज्यालो आवश्यक

बैशाख २४, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मनिर्भरता र उज्यालो आवश्यक भएको बताएका छन्।

Muktinath Bank

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले बुधबार सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसँग गरेकाे भर्चुअल बैठकमा मुख्यमन्त्री शाहीले कर्णालीको आवश्यकता पूरा गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराए। 'कर्णालीका पाँच जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रसारण लाईन पुगेको छैन,' उनले भनु, 'प्रदेश राजधानीमै पनि विद्युत् आपूर्तिमा बारम्बार अवरोध भइरहेको छ । यो समस्या समाधानमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदछु ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्काल राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नसकिने क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै मुख्यमन्त्री शाहीले अगाडि भने, 'पाँच जिल्ला सदरमुकाममा समेत विद्युत् आपूति नहुँदा सरकारी कार्यालय सञ्चालनमा समस्या छ । वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा समेत वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत् आपूर्ति गर्नुपर्ने देखिन्छ।' 


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादनयोग्य कृषिभूमि प्रशस्त भए पनि सिँचाइ अभावका कारण उत्पादनमा आत्मानिर्भर हुन नसकेकोतर्फ ऊर्जामन्त्री पुनको ध्यानाकर्षण गराए।

Vianet communication

सङ्घीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई उच्च प्राथमिकता दिन आग्रह गर्दै उनले औषधीय गुणसहितको कृषिउपजको उत्पादकत्व वृद्धिका लागि ठूला सिँचाइका योजना आवश्यक रहेको औंल्याए। 

कर्णालीमा खाद्यान्न आपूर्तिमा दिइने ढुवानी अनुदानमा राज्यको अर्बौं रकम खर्च भइरहेको जनाउँदै उनले कृषियोग्य भूमिमा सिँचाइ व्यवस्था भएमा कर्णालीलाई उत्पादनमा आत्मानिर्भर बनाउन र ढुवानीमा खर्च हुने रकम उत्पादनका अरु क्षेत्रमा लगानी गर्न सकिने धारणा राखे। सङ्घ, प्रदेश र स्थानीय तहबीचको कार्यक्षेत्र बाँडेर काम गर्नुपर्नेमा जोड दिनुभएका उनले योजनामा हुने दोहोरोपन हटाउन सके विकास निर्माण कार्यलाई प्रभावकारी बनाउनमा सहयोग पुग्ने बताए।

तीनै तहका सरकारबीचको समन्वय अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारसँगको समन्वयका लागि विद्युत् प्राधिकरणलाई निर्देशन दिन पनि उनले आग्रह गरे। नदी नियन्त्रण, सुधारिएको चुलो, घरेलु सौर्य ऊर्जा प्रणालीको जडानलगायतका कार्यक्रममा सहयोग गर्न मुख्यमन्त्री शाहीले ऊर्जामन्त्री पुनलाई आग्रह गरेका थिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x