×

NIC ASIA

उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता

जेठ ४, २०७७

Prabhu Bank
NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् । उपत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौँको चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, सूर्यविनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अपनाएका हुन् ।

अनुमतिबिना प्रवेश रोक्ने : तारकेश्वर
तारकेश्वर नगरपालिकाले अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्रमा कडाइका साथ रोक लगाउने निर्णय गरेको छ । बन्दाबन्दीको अवधिमा उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो टोलमा प्रवेश गरेको जानकारी भएमा तत्काल नजिकको प्रहरी, स्वास्थ्य वा वडा कार्यालयमा खबर गर्न सबै नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । त्यस्ता व्यक्तिलाई घरधनी वा आफन्तले स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको नगरप्रमुख रामेश्वर बोहराले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाहिर ननिस्कनूू : नागार्जुन
नागार्जुन नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि अत्यावश्यक कामबिना बन्दाबन्दी अवधिभर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाभित्र कोही नयाँ व्यक्ति बसोबास गर्ने गरी वा बहालमा बस्न आएमा तत्काल सम्बन्धित निकायमा सूचना दिन आग्रहसमेत गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।


Advertisment
Rupse Holidays
Nabil box

गस्ती व्यापक : टोखा
टोखा नगरपालिकाले उपत्यका बाहिरबाट वडा नं. १ झोर महाँकाल हुँदै काठमाडौँ प्रवेश गर्ने नाकामा नेपाल प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाएको छ । झोरमा यसअघिदेखि नै नेपाली सेनाको ब्यारेक बस्दै आएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सो क्षेत्रमा प्रहरीले समेत आवतजावत रोक्न गस्ती गर्ने गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । सो क्षेत्रबाट अहिले आवतजावत बन्द गरिएको र हेल्थ डेस्क राखी स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

Vianet communication

नयाँ प्रवेशीलाई अस्पताल : सूर्यविनायक
सूर्यविनायक नगरपालिकाले उपत्यका बाहिरबाट आएका नयाँ व्यक्तिलाई पहिला अस्पतालमा गई कोरोना भाइरसको परीक्षण गराएर मात्र प्रवेश गर्न आग्रह गरेको छ । ती व्यक्तिलाई नगरपालिकाले कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि मात्र नगर क्षेत्रमा आउन दिने व्यवस्था गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

प्रवेश बिन्दुमै रोक्ने : चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले नगरपालिकाभित्र विदेश वा तराईलगायत सङ्क्रमित स्थानबाट आएका व्यक्तिलाई प्रवेश बिन्दुमै रोक्ने निर्णय गरेको छ । ती व्यक्तिलाई कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टपछि मात्र प्रवेश गर्न दिने नीति नगरपालिकाले अख्तियार गरेको छ । कुनै पनि घरधनीले बाहिरबाट आएका व्यक्तिलाई घरमा प्रवेश नगराउन नगरपालिकाले सबै नगरवासीलाई आग्रह गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

पुगेकै ठाउँमा रहन आग्रह : दक्षिणकाली
दक्षिणकाली नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण उपत्यकामा फैलन नदिन नगरवासी उपत्यकाबाहिर गएको भए त्यहीँ केही समय रहन नगरवासीलाई आग्रह गरेको छ । उपत्यकाबाहिर गएका व्यक्तिलाई आफन्तले पनि सोही सूचना पु¥याउन नगरपालिकाले आग्रह गरेको हो । लुकिछिपी बसेको भए स्वयं क्वारेन्टाइनमा बसी उपचारको प्रक्रिया अवलम्बन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीकुमार पोखरेलले बताए।

नाकामा हेल्थ डेस्क : शङ्खरापुर
शङ्खरापुर नगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकामा उपत्यका बाहिरबाट आउने व्यक्तिहरूको उच्च निगरानी राखेको छ । सिन्धुपाल्चोकबाट साँखु हुँदै काठमाडौँ भित्रिने मुख्य नाका शङ्खरापुर नगरपालिका भएकाले उक्त नाकामा उच्च निगरानी राखेको नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x