×

NMB BANK
NIC ASIA

तोरी तेल उद्योग ठप्पको स्थितिमा

जेठ १३, २०७७

NTC
Premier Steels

आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

Muktinath Bank

तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

श्याम एग्रोका सञ्चालक जीवन रिजालले तोरी आयातमा समस्या भएका कारण तत्काल उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । दैनिक १५ टन तोरी प्रशोधन गर्दै आएको उद्योग बन्द हुनुपर्ने कारणबारे सञ्चालक रिजालले क्यानडा, युक्रेन र अस्ट्रेलियाबाट पछिल्लो बन्दाबन्दीसँगै कच्चा आयात गर्न नसकिएको बताए । यसैगरी भारतमा समेत ठूला मन्डी बन्द गराइएका कारण तोरी आयातमा समस्या परेको हो ।

Vianet communication

अर्डर गरिसकिएको २५ कन्टेनर तोरी आउन नसक्दा उद्योग बन्द हुने अवस्था आयो, रिजालले भने, “कोलकाता बन्दरगाहमा समेत समस्या परिरहेको छ । ” विराटनगरकै चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीका अनुसार कच्चा बोकेको जहाज कोलकाता बन्दरगाहमै धेरै दिनसम्म अड्किएर रहेको छ ।

बन्दाबन्दीको यस अवधिमा कच्चा आयात गर्न नसकेकाले एक हप्ताका लागि मात्रै भण्डारण गरिएकाले पुग्ने राठीको भनाइ छ । मेरो २६ कन्टेनर तोरी कोलकातामा रोकियो, राठीले भने, “मजदुर, बैङ्क प्रक्रिया, बन्दरगाहको अवस्थाले समस्या थपिदिएको छ तर कसैलाई भन्ने अवस्था पनि छैन । ”

पछिल्लो समय तोरीको मूल्य प्रतिकेजी ७५ बाट ८५ रुपियाँमा वृद्धि भएको छ । भारत निर्यात गरिने पिनासमेत गोदामै राख्नुपर्ने अवस्था आएको छ । भारत निर्यात हुँदा ४५ रुपियाँ प्रतिकेजी रहेको पिना अहिले ४० रुपियाँमा झरेको छ ।
तोरी उद्योगले भारतको बिहार र राजस्थानबाट समेत कच्चा तोरी आयात गर्दै आएका थिए तर बन्दाबन्दीपछि मन्डी नै बन्द भएपछि ल्याउनसक्ने अवस्था नरहेको हो । भारतले पछिल्लो समय तोरीमा मन्डी कर प्रतिकिलो एक रुपियाँ असुल गर्न थालेको उद्योगी बताउँछन् । भारतको बिहारमा रहेको गुलाब बाग मन्डी तोरीका लागि प्रख्यात रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x