×

NMB BANK
NIC ASIA

संविधान संशोधनको कार्यसूची हटाएर संसद्‍मा रेडियोधर्मी विधेयकमा छलफल

सांसद भन्छन्– ‘यो विधेयक कोरोनाको बाजे हो, खारेज गरौं’

जेठ १४, २०७७

NTC
Premier Steels

संविधान संशोधन विधेयकको कार्यसूची हटाएर प्रतिनिधि सभामा रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयकमाथि छलफल भएको छ । 

Muktinath Bank

कोरोना महामारीको समयमा यस्तो विधेयक कार्यसूचीमा राखिएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको अन्तिम कार्यसूची रेडियोधर्मी पदार्थको उपयोग तथा नियमनसम्बन्धी विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका सांसद दीव्यमणि राजभण्डारीले गलत समयमा विधेयक ल्याइएको भन्दै आपत्ति जनाए ।


Advertisment
Nabil box
Kumari

‘अहिले कोरोनाको समस्यामा संसद्मा यस्तो विधेयकमा छलफल नगरी नहुने ? यो विधेयक कहाँबाट आयो ? अहिलेको अवस्थामा यो विधेयक पारित गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय परिस्थितिअनुसार कोरोनाले कहाँ पुर्‍याउँछ भन्ने चिन्ता छ । कोरोनाको पीसीआर टेस्ट गर्ने व्यवस्था छैन, अहिलेलाई यो विधेयक स्थगन गरौं । समय परिस्थिति हुँदा छलफल गरौंला ।’

Vianet communication

नेमकिपाका प्रेम सुवालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईईएको प्रभावमा यो विधेयक ल्याइएको आरोप लगाए ।

‘नेपालको केही जिल्ला दोलखा, मकवानपुर, मुस्ताङ र बैतडीमा युरेनियम भएको र युरोनियम खानी उत्खनन् र प्रशोधन गर्न आईईएको सहयोग लिनेगरी विधेयक ल्याइएको छ । कोही नेपालको नदीनाला कब्जा गर्ने, कोही वन र खानी कब्जा गर्ने हामी नेपाली ऐन बनाउँदै जाने यो ठीक छैन,’ उनले भने । 

सुवालले रेडियोधर्मी पदार्थको विकिरण व्यवस्थापन गर्न ५ सय मिटर गहिरो खाल्टो बनाउनुपर्नेमा नेपालका जिओलोजिस्टले अध्यन गर्दा यसको व्यवस्थापन गर्न नसकिने निष्कर्ष निकालेको उनले दाबी गरे । 

‘यो चुहियो भने नेपालको हावापानी बिरुवा सबैलाई सताउँछ । कोरोनाको बाजे हो ! यति कुरा सरकारलाई थाहा हुनुपर्ने हो,’ उनले भने, ‘इराकमा अमेरिकाले हमला गरेको आईईएको रिपोर्टका कारण हो । हामी त्यही आईईएको सहयोग लिन यो विधेयक बनाउँदैछौं,’ सुवालले भने, ‘हामी विषादी मिसाएको तरकारी रोक्न सक्दैनौं, यस्तो स्थितिको देश भएकाले पहिले आफूलाई बलियो बनाऊँ । आईईएको सहयोग नलिई उत्तर कोरियाले जस्तै आफैं बलियो भएर गरौंला । यो विधेयक पास गर्नुहुन्न, खारेज गरौं ।’

सांसदहरूको प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालमा रेडियोधर्मी पदार्थको उपयोग सुरक्षित रूपमा भइरहेको छ भन्ने बलियो कानूनी आधार नभएकाले यो विधेयक ल्याउनुपरेको बताए ।

उनले रेडियोधर्मी विकिरणको अनाधिकृत प्रयोगबाट बचाई, वातावरण संरक्षणका सम्बन्धमा यसले मद्दत पुर्‍याउने दाबी गरे । 

‘नेपाली जनताको आवश्यकताका लागि यो विधेयक ल्याइएको हो । अहिले कोभिडका बेलामा पनि स्वाब टेष्ट गरिरहेका छौं । प्रविधिको प्रयोग नगरी टेस्ट हुँदो रहेनछ भन्ने कुरा पनि प्रस्ट भएको छ,’ उनले भने । 

विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ । नेपाली कांग्रेस र नेमकिपाले विधेयकको विरोध गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x