चिडियाखानाकी कर्मचारीलाई दुई सिंहले गरे आक्रमण

अस्ट्रेलियाको शोलहाभेन चिडियाखानाकी एक कर्मचारीलाई दुईवटा सिंहहरूले खोर सफा गरिरहेको बेलामा आक्रमण गरेपछि गम्भीर चोटपटक लागेको छ । 

ती ३५ वर्षीया महिलालाई सिंहहरूले टाउको र घाँटीमा टोकेका थिए । उक्त चिडियाखाना सिड्नीबाट १६२ किलोमिटर टाढा दक्षिणतिर पर्छ । 


Advertisement

सिंहको आक्रमणपछि स्वास्थ्यकर्मीहरूलाई स्थानीय समयअनुसार बिहान साढे १० बजे बोलाइएको प्रहरीले एक बयान जारी गरेर बतायो । महिला सिंहको खोरमा बेहोश भएर लडेकी थिइन् । 

उनलाई सिड्नीको एक अस्पतालमा हेलिकप्टरमा राखेर लगिएको थियो । उनको अवस्था गम्भीर तर स्थिर रहेको प्रहरीको भनाइ छ । 


Advertisement

घटना हुँदा चिडियाखाना बन्द थियो । कोभिड–१९ महाव्याधिका कारण यो कैयौं हप्तादेखि बन्द छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्