ईरानमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो

प्रतिकार्यात्मक तस्वीर।

ईरानमा कोरोना भाइरस संक्रमितको संख्या डेढ लाख नाघेको छ।

ईरानको स्वास्थ्य मन्त्रालयका अनुसार ईरानामा २ हजार ५ सय १६ नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या १ लाख ५१ हजार ४ सय ६६ पुगेको हो।


Advertisement

२४ घन्टामा ६३ जनाको ज्यान गएको छ। यससँगै ईरानमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ७ हजार ७ सय ९७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये अढाइ हजारको अवस्था चिन्ताजनक छ।  


Advertisement


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्