×

NMB BANK
NIC ASIA

३२ जेठसम्ममा संविधान संशोधन विधेयक पारित गर्ने तयारी

जेठ २२, २०७७

NTC
Premier Steels

विनियोजन विधेयकमाथिको छलफल छोट्याएर २८ गते बजेट पारित हुने

Muktinath Bank

संविधानको अनुसूचीमा रहेको नेपालको निशान छापमा अंकित नेपालको नक्सा संशोधनका लागि संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक जेठ ३२ गतेसम्म पारित गर्नेगरी संघीय संसद् सचिवालयले गृहकार्य अगाडि बढाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटी सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । नयाँ नक्साअनुसार नेपालको निशाना छाप संशोधनका लागि सरकारले जेठ ९ गते संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।


Advertisment
Nabil box
Kumari

जेठ १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले विधेयक टेबल गरेकी थिइन् । आगामी २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गराएर संशोधनका लागि ७२ घण्टाको समय दिने सचिवालयको तयारी छ । 

Vianet communication

विधेयक संसद्मा पेश भएपछि सरकारले जनताको जानकारीका लागि भन्दै राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

राजपत्रमा सूचना प्रकाशित गएको दिनदेखि ७ दिन पछिमात्र अन्य प्रक्रिया अगाडि बढाउने सचिवालयको तयारी छ ।

जनताको जानकारीका लागि प्रकाशित गरेको सूचना २५ गते ७ दिन पुग्दैछ । 

‘भोलि (२३ गते) देखि लगातार ३ दिन विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल गर्ने तयारी छ, २६ गते मन्त्रीहरूले जवाफ दिएपछि सोही दिन विनियोजन विधेयक पारित गर्ने आन्तरिक तयारी छ,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘२७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गराएर संशोधनका लागि ७२ घण्टाको समय दिने तयारी छ ।’

स्रोतका अनुसार २६ गते नै दोस्रो बैठक राखेर विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव (सैद्धान्तिक छलफल) गराउने र संशोधनका लागि दिइने ७२ घण्टाको समयलाई निवमावलीको केही दफा निलम्बन गरेर २४ घण्टामा झार्ने सम्भावना पनि छ । त्यसो भएमा ३२ गतेअगावै विधेयक पारित हुन सक्ने सचिवालय स्रोतले जनायो ।

विनियोजन विधेयक २६ गते नै पारित भएपनि पूरै बजेट भने जेठ २८ गते पारित गर्ने तयारी छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक २८ गते पारित हुनेछ । विगतमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल लामो समय गर्ने गरिएकोमा यसपटक ३ दिनमा सबै मन्त्रालयको छलफल सकाउने तयारी छ ।

‘विधेयक टेबल भएपछि संसदीय प्रक्रियामा प्रवेश गर्‍यो, विनियोजन विधेयक पारित भएलगत्तै संविधान संशोधन विधेयक पारित हुन्छ,’ सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले लोकान्तरसँग भने । 

संविधान संशोधन विधेयक पारित गर्दा विशेष समिति बनाएर समितिमा छलफल गराउने व्यवस्था रहेपनि यसपटक भने समितिमा नगई सभामै छलफल गराउने दलहरूको तयारी छ । 

‘विशेष समिति गठन नगरी फास्ट ट्र्याकबाट संविधान संशोधन विधेयक पारित गराउने तयारी छ,’ सचिवालय स्रोतले भन्यो । 

‘अन्य कुरा यथातव रहेमा जेठ ३१ या ३२ गते संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची बनाउने सचिवालयको तयारी छ, यसमा सरकार र राजनीतिक दलले थप निर्णय गर्लान्,’ सचिवालयका ती अधिकारीले भने । यसअघि दलीय सहमति जुट्न नसक्दा १४ गते प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूची प्रकाशित भएपनि अन्तिम समयमा संविधान संशोधनको कार्यसूची फिर्ता भएको थियो । 

यो विषयलाई भारतीय मिडियाले नेपाल संविधान संशोधनबाट पछि हटेको भनी व्याख्या गरेका थिए । गत जेठ ६ गते भएको संबोधनका क्रममा प्रधामनन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक सर्वसम्मत पारित हुने अपेक्षा राख्दै विधेयक पारित भएको दिन देशमा दीपावली हुने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ८ जना सांसदले संविधान संशोधनका लागि छुट्टै गैरसरकारी विधेयक दर्ता गरेपनि कांग्रेसले संविधान संशोधन विधेयक छिटो पारित गर्ने औपचारिक निर्णय गरिसकेको छ । 

राजपा र समाजवादीका सांसदले पनि संविधान संशोधनका लागि छुट्टै गैरसरकारी विधेयक दर्ता गराएपनि ती विधेयक तत्कालन प्रक्रियामा जाने सम्भावना कम रहेको सचिवाल स्रोतले बतायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x