कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारले जनतालाई सपना मात्र बाँड्ने हावादारी कार्यक्रम बजेटमा ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले यसको कार्यान्वयनबारे प्रश्न गरेका छन् ।
जनता भोकभोकै मर्ने अवस्थामा समेत सरकारले रेल र पानीजहाजका हावादारी सपना बाँडिरहेको भन्दै उनीहरूले आपत्ति जनाए ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथि खर्च कटौती प्रस्ताव राख्दै प्रतिपक्षी दलका सांसदहरूले सरकार गैरजिम्मेवार भएको आरोप लगाए ।
‘खाली राजमार्गमा जहाज अवतरण गराउने भनेर विगतको बजेटमा कुरा आएको थियो, धूलोरहित सडक भनेर सपना बाँडिएको थियो । रेल र पानीजहाज चलाउने कुरा पनि भयो, तर खोइ डीपीआर ? खोइ आर्थिक सर्वेक्षण ?’ भौतिक पूर्वाधार मन्त्रालयमाथि विनियोजित शीर्षकमा खर्च कटौतीको प्रस्ताव राख्दै गौतमले प्रश्न गरे, ‘कहिले आउँछ मोनोरेल ? कहिले आउँछ मेट्रो रेल र पानीजहाज ?’
सरकाले गत वर्षको बजेटमा आपतकालीन समयमा विमान समेत अवतरण गर्नसक्ने गरी पूर्वपश्चिम राजमार्गको केही सडक फराकिलो बनाउने निर्णय गरेको थियो ।
पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कुरा गरिएपनि गत वर्ष बुटवल नारायणगढ खण्डको ११ किमीबाहेक काम भएको नदेखिएको उल्लेख गरे ।
खेलकुद मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै कांग्रेस सांसद रंगमती शाहीले मन्त्रालयको बजेट खेलाडी उत्पादन गर्नेभन्दा कार्यकर्ता पालन–पोषणमा सिमित रहेको आरोप लगाइन् ।
‘जनतालाई घरभित्र थुनेर, जनताको चुलोमा आगो बलेको छैन । मर्थमन्त्री ३ पुस्तालाई पुग्ने कमाउमा लागेका छन्,’ उनले प्रश्न गरिन्, ‘पैसादेखि डराउने दिन आइसके । अर्थमन्त्री तीनपुस्ते कमाउन लाग्नुभएको छ, मानवता हराइसकेको हो ?’
विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमा शुक्रवारदेखि छलफल शुरू भएको हो । आज विभिन्न ७ वटा मन्त्रालयमाथिको छलफल हुँदैछ ।
शनिवार र आइतवार छलफल गरेपछि सोमवार मन्त्रीहरूले जवाफ दिएपछि २६ गते वियोजन विधेयक पेश गर्ने तयारी छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...