×

NMB BANK
NIC ASIA

चीनले गर्‍यो भुटानको जमीनमाथि दाबी, भुटानको विरोध

असार १६, २०७७

NTC
Premier Steels

चीनले ग्लोबल इन्भायरोनमेन्ट फसिलिटी काउन्सिलको ५८औं बैठकमा भुटानको जमीनमाथि दाबी गरेको छ । भुटानको साकतेङ वन्यजन्तु आरक्ष विवादित भूमि भन्दै लगानी गर्ने कामलाई चीनले विरोध गरेको हो । 

Muktinath Bank

तर विगतमा उक्त भूमिका विषयमा कुनै पनि विवाद थिएन यद्यपि भुटान र चीनबीचको सीमा अझै निर्धारित हुन बाँकी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुटानले यस विषयमा कडा नोट पठाएको छ । नोटमा लेखिएको छ, ‘साकतेङ वन्यजन्तु आरक्ष भुटानको अखण्ड तथा सार्वभौम भूभाग हो ।’


Advertisment
Nabil box
Kumari

रमाइलो कुरा चाहिँ यो वन्यजन्तु आरक्षमा यसअघि कहिले पनि विदेशी लगानी गरिएको थिएन र अन्तर्राष्ट्रिय मञ्चमा यो परियोजनाका रूपमा पहिलोपटक आएको हो । त्यसैलाई अवसर बनाएर चीनले उक्त भूमिमा दाबी गरेको हो । 
चीनले आरक्षमा लगानीको विरोध गरेको भए पनि उक्त परियोजनालाई परिषद्का बहुमत सदस्यले पारित गरेका छन् र अन्तिम सारांशमा त्यसलाई उल्लेख समेत गरिएको छ । 

Vianet communication

उक्त परिषदमा चीनको प्रतिनिधि भए पनि भुटानको प्रत्यक्ष प्रतिनिधि चाहिँ कोही पनि थिएन । भुटानको तर्फबाट भारतीय अधिकारी अपर्णा सुब्रमणिले प्रतिनिधित्व गरेकी थिइन् । 

जुन महिनाको २ तारिखमा परियोजनागत छलफल चल्दै गर्दा चिनियाँ परिषद्का सदस्य झोङजिङ वाङले भुटानमा रहेको आरक्षमा लगानीमाथि आपत्ति उठाउँदै त्यसलाई औपचारिक रूपमा नोट गर्नुपर्ने बताए । अन्तिम प्रतिवेदनमा त्यसलाई पादटिप्पणीका रूपमा राख्नुपर्ने उनको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x