×

NMB BANK
NIC ASIA

देशभर ५२ जिल्लामा पुग्यो सलह, नेपालमा ३५ लाखजति रहेको अनुमान

असार १७, २०७७

NTC
Premier Steels

भारतबाट ४ दिनमा करीब ३५ लाख सलह भित्रिएका छन् । पछिल्लो समय ठुल्ठूलो झुन्डमा सलह भित्रिरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

Muktinath Bank

‘एक वर्गकिलोमिटरमा करीब एक करोड हुन्छन्, त्यही आधारमा करीब ३५ लाख सलह भित्रिएको अनुमान छ,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेसम्म बारा, पर्सा, रौतहट र सर्लाहीमा करीब ३ हजार सलह देखिएका छन् । ती सलह पहाडतर्फ जाने क्रममा छन् । महोत्तरीमा केही मात्रामा देखिए पनि संख्या यकिन हुन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

मकवानपुरमा करीब १० लाख रहेको केन्द्रले जनाएको छ । त्यहाँ सलह करीब १ हजार रोपनी मकैबालीमा बसेका छन् । पानी पर्दा भने नजिकैको जंगलमा जाने गरेका छन् ।

Vianet communication

चितवनमा करीब १ लाख रहेको अनुमान छ । सिन्धुलीमा २ देखि ३ लाख सलह जंगलमा बसेका छन् । रामेछाप र काभ्रेमा देखिएको सलहको संख्या यकिन भएको छैन ।

रूपन्देहीमा शनिवार ५ देखि ७ लाख, पाल्पामा ४ देखि ५ लाख, स्याङ्जामा ५० हजार सलह रहेको केन्द्रले जनाएको छ । दाङमा करीब ४ हजार छन् ।

कपिलवस्तुमा शनिवार ७ हजार सलह थिए, आइतवार पुनः ८ देखि १० लाख सलह छिरेका छन् । प्यूठानमा १ हजार, कास्कीमा १ देखि २ लाख, पाँचथर र कैलालीमा १–१ सय छन् ।

सलह ५२ भन्दा बढी जिल्लामा फैलिएको प्राविधिक कार्यदलका संयोजकसमेत रहेका हुमागाईं बताउँछन् । भारतबाट प्रवेश गरेको सलह तराई, पहाड हुँदै हिमाली जिल्लासम्म पुगेको छ । ‘खोटाङ, भोजपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङमा समेत सलह देखियो,’ उनले भने, ‘चिसो ठाउँमा हुनु नपर्ने तर देखियो ।’

सलहको संख्या बढ्दै गएकाले पहाडका किसानलाई दुःख भएको उनले बताए । पानी परिरहँदा सबै सलहको झुन्ड खेतबारीमा पुगेको छैन । पश्चिम भारततर्फ सलहको ठूलो समूह देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जनाए । त्यसैले केही झुन्ड अझै आउने सम्भावना छ । ‘किसान आत्तिएका छन्,’ उनले भने, ‘कुनै उपाय अपनाएर भगाउने प्रयासमा छौं ।’

रूपन्देही र डडेलधुरामा सोमवार नयाँ सलहको झुन्ड देखिएको छ । सोमवार करीब ४ बजेतिर प्रवेश गरेको सलहको ठूलो झुन्ड (करीब १२ लाखको संख्यामा) टुक्रिएर दाङदेखि रोल्पासम्म पुगेको सुवेदीले जानकारी दिए ।

‘सलहको ठूलो झुन्ड रूपन्देहीबाट छिरेको थियो । त्यहाँका किसानले धपाएर तितरवितर पारे । ठूलो झुन्ड टुक्रिएर अर्घाखाँची, प्यूठान र दाङतिर गएको छ,’ उनले भने, ‘दाङ प्रवेश गरेको झुन्ड तीन समूहमा टुक्रिएर लमही, रोल्पा गएको देखिन्छ ।’

केन्द्रका अनुसार दाङको लमहीमा करिब २ लाख सलह पुगेका छन् । पश्चिम भारतबाट उत्तराखण्ड जाने क्रममा डडेलधुरामा पनि सलह छिरेको सुवेदीले बताए । ‘डडेलधुरामा करिब ४ सय सलह गएको अनुमान छ,’ उनले भने । सलह धानभन्दा मकैबालीमा बस्न रुचाएको देखिन्छ । ‘विभिन्न जिल्लामा रोपाइँ सुरु भएको छ । धानको ब्याड छन् । तर सलह त्यता गएको देखिँदैन,’ उनले भने, ‘मकैबालीमा भने छपक्कै देखिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

मंगलवार काठमाडौं उपत्यकामा पनि सलहको ठूलो झुन्ड देखिएको छ । बेलुका पौने ६ बजेतिर दक्षिण भेगबाट सलह स्वयम्भू हुँदै नागार्जुनतर्फ गएको प्राविधिक कार्यदलका संयोजक हुमागाईंले जानकारी दिए । ‘ठूलो झुन्ड डाँडामा देखिन्छ । केही टुक्रिएर नुवाकोट पनि गएको छ,’ उनले भने, ‘करीब एकचौथाइ ललितपुरतिर गएको देखिन्छ ।’

काठमाडौंमा देखिएको झुन्ड पुरानै रहेको उनको अनुमान छ । ‘नयाँ भए वीरगन्जबाट आएको हुनुपर्छ । तर त्यताबाट रिपोर्टिङ भएको छैन । काठमाडौंमा देखिएको सलह चिन्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘बुधवार यकिन हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x