×

NMB BANK
NIC ASIA

राष्ट्रपतिलाई प्रचण्डको आग्रह– अध्यादेश आयो भने एकदुई दिन रोक्दिनुस् !

असार १८, २०७७

NTC
फाइल फोटो
Premier Steels

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै अध्यादेश ल्याएमा केही दिन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन् ।

Muktinath Bank

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो भएको भेटमा प्रचण्डले सरकारले अध्यादेश ल्याएमा केही दिन रोक्न आग्रह गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शीतल निवासबाट फर्केपछि बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफूले राजनीतिक दुर्घटना गराउने कुनै प्रस्ताव नल्याउन आग्रह गरेको जानकारी गराएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्रीले सल्लाह नगरी संसद् अधिवेशन अन्त्य गरेर ठीक गर्नुभएन, मैले पार्टी बैठक चलिरहेको समयमा छलफल नगरी अधिवेशन अन्त्य नगर्नुस् भनेको थिएँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा स्रोतले भन्यो, ‘सरकारबाट अध्यादेश आयो भने एकदुई दिन रोक्नुहोला, अध्यादेश जारी गर्न हतार नगर्नु होला ।’

Vianet communication

प्रचण्डले नेकपाभित्र भइरहेको बहस पार्टीमा विधि स्थापित गर्न र कम्युनिस्ट आन्दोलनको शुद्धीकरणका लागि भएको जानकारी गराएको पनि बैठकमा सुनाएका थिए । राष्ट्रपतिबाट के जवाफ आयो भन्नेबारे भने प्रचण्डले केही सुनाएनन् । 

प्रचण्डले पार्टी एकता बचाउनका लागि भोलि दिनभर नेताहरूसँग छलफल गर्ने स्थायी कमिटी बैठकमा बताएका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि दिनभर अध्यक्षद्वयबीच छलफल हुने र शनिवार ११ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी गराए ।  

‘कमरेड प्रचण्ड राष्ट्रपतिकोमा जानुभएको कुरा चाहिँ विशेषत फेरि अहिलेको परिवेशमा संसद् अधिवेशन अन्त्य भएपछि अध्यादेश जस्ता विषय चर्चामा आए, अहिले त्यो स्थिति होइन भनेर भन्न जानुभएको हो । राष्ट्रपतिले अहिले अध्यादेश आएको छैन, प्रधानमन्त्रीले पनि अहिले आउने सम्भावना छैन भनेर भनेको जानकारी बैठकमा गराउनुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x