जनार्दन शर्माको आह्वान : पार्टीलाई व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न दिनु हुँदैन

फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले पार्टीलाई व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न नदिन आह्वान गरेका छन् ।

नेता शर्माले सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै नेकपा भित्रको विवादलाई सीमित नेताको समस्याको रुपमा मात्र नहेरी राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताए ।


Advertisement

‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ,’ उनले भनेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइँदैन । पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपूर्तिको हतियार बन्न दिनु हुँदैन ।’

नेता शर्माले एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गरेका छन् । ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘एकताको एक अभियान्ताको नाताले सबै नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दछु । रुपान्तरण सहितको एकता आजको आवश्यकता !’


Advertisement

नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र,देश र कम्युनिस्ट आन्दोलनको समस्याको...

Posted by Janardan Sharma'Prabhakar' on Friday, July 3, 2020
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्