झण्डै २ केजी अफिमसहित मकवानपुरका थिङ पक्राउ

झण्डै २ केजी अबैध लागूऔषद अफिम सहित १ जना पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण व्यूरोको टोलीले मकवानपुरको हेटौंडा उपमहानागरपालिका–११ थाना भर्‍याङबाट राक्सिङ गाउपालिका–३ बस्ने ३५ बर्षका पदमबहादुर थिङलाई पक्राउ गरेको लागूऔषध व्यूरोले जनाएको छ ।


Advertisement

असार २१ गते १ केजी ९५० ग्राम अफिम सहित पक्राउ परेका थिङलाई लागू औषध नियन्त्रण ऐन–२०३३ बमोजिम मकवानपुर जिल्लामा मुद्धा दर्ता गरेको व्यूरोले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्