अमेरिकाले इरानका सुलेमानीलाई मार्नु अन्तर्राष्ट्रिय कानूनको उल्लंघन : संयुक्त राष्ट्रसंघ

गत जनवरी महिनामा अमेरिकाले इराकमा ड्रोन आक्रमण गरेर इरानी जनरल कासिम सुलेमानी तथा नौ अन्य व्यक्तिको हत्या गर्नु अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार अनुसन्धाताले सोमवार बताएकी छन् । 

अमेरिकाले सुलेमानीको जत्थालाई मार्नुपर्ने गरी आफूमाथिको सम्भावित आक्रमणका विषयमा पर्याप्त प्रमाण दिन नसकेको गैरन्यायिक, पूर्पक्षरहित वा स्वेच्छारी हत्या सम्बन्धी राष्ट्रसंघकी प्रतिवेदक एग्निस कालामार्डले बताइन् । 


Advertisement

उक्त आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन गरेको भनी कालामार्डले प्रतिवेदनमा लेखिन् । प्रतिवेदनमा सशस्त्र ड्रोनमार्फत तारो बनाएर गरिने हत्याप्रतिको जवाफदेहिता तथा हतियारहरूको थप नियमनका विषयमा आह्वान गरिएको छ ।

‘ड्रोन उपयोगको सन्दर्भमा विश्व अहिले महत्त्वपूर्ण क्षणमा अझ चरम स्थितिमा छ । सुरक्षा परिषद्को सार्थकता छैन अनि अन्तर्राष्ट्रिय समुदाय चाहेर होस् नचाहेर होस् मौन छ,’ कालामार्डले रोयटर्स समाचार संस्थालाई बताइन् । 
 


Advertisement

कालामार्डले प्रतिवेदन मानवअधिकार परिषद्समक्ष बिहीवार बुझाउने कार्यक्रम छ । यसबाट सदस्य मुलुकहरू कुन कारवाही अघि बढाउनुपर्ने हो भन्ने विषयमा छलफल गर्ने अवसर पाउनेछन् । अमेरिका यस परिषद्को सदस्यताबाट दुई वर्षअघि नै हटिसकेको छ । 


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्