×

NMB BANK
NIC ASIA

यी हुन् प्रचण्डसँगको वार्तामा ओली लचिलो भएका विषय, प्रधानमन्त्री र अध्यक्ष पद छाड्दै नछाड्ने

असार २४, २०७७

NTC
Premier Steels

सत्तारुढ दल नेकपामा बढेको किचलोमा कुनै प्रगति छैन । ३ दिनयता अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

Muktinath Bank

पार्टी बैठक बुधवारसम्मलाई रोकेर छलफलमा बस्दा समेत दुवै नेताले आफ्ना अडानमा खुलस्त कुरा राख्नेबाहेक अन्य सहमतिको कुनै सुत्र फेला पारेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार निकट सहयोगीसहित भएको छलफलमा दुई अध्यक्षबीच एकआपसमा भनाभन, आरोप प्रत्यारोप गर्दै छलफलबाट केही मथ्थर बनेर उठेका थिए तर सोमवार र मंगलवार भने वान टु वान वार्ता गर्दा ओली–दाहालले विषय प्रवेश गरेर छलफल थालेका थिए । सोमवार प्रधानमन्त्री ओलीले आफ्ना अडान र धारणा तथा मंगलवार दाहालले पनि आफ्ना धारणासहित माग राखेका छन् । जारी स्थायी समिति बैठकमा सरकारको नेतृत्व गरेको साढे २ वर्षको अवधिमै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारलाई स्वेच्छाचारी ढंगले सञ्चालन गरेको र पार्टीलाई पनि स्वतन्त्र रुपमा चल्न नदिई बन्धक बनाएकोले दुवै पदवाट राजीनामा दिनपर्ने माग उठेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसपछि चर्किएको कलह समाधान गर्ने सुत्रको खोजीमा अहिले दुई अध्यक्ष एक्ला एक्लै छलफलमा छन् भने पार्टीका दोस्रो र तेस्रो तहका नेता पनि विवाद मिलाउन उत्तिकै दबाब दिइरहेका छन् । ‘छलफल उहाँहरु (अध्यक्षदय)का बीचमा भइरहेको छ, ठोस प्रगति अहिलेसम्म भइसकेको छैन,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बुधवार पनि पार्टी बैठक बस्दैछ । बैठक अगाडि पनि उहाँहरूले फेरि एकपटक छलफल गर्ने भन्नुभएको छ । हेरौं, बुधवारको छलफलमा के हुन्छ ।’

Vianet communication

अहिलेसम्मको छलफलमा प्रधानमन्त्री ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडानमा देखिएका छन् । अध्यक्ष दाहालले भने प्रधानमन्त्री र अध्यक्ष दुई पदमध्ये एक पद छोड्न र ओलीसँग आग्रह गरेका छन् । मंगलवारको छलफलमा पनि उनले दुई मध्ये एक पद स्वेच्छाले छोड्न ओलीलाई आग्रह गरे ।

ओलीसँगको छलफलपछि दाहालले साँझ आफ्नै निवास खुमलटारमा सचिवालयका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता   श्रेष्ठलाई ३ दिनयता बैठकमा भएका छलफलका विषयमा ब्रिफिङ गरे । ‘तपाई (प्रधानमन्त्री) ले पार्टी विधि पद्धतिमा चलाउनु भएन, पार्टीलाई बेवास्ता गर्नुभयो सरकार नि राम्रोसँग चलेन । तपाईले नेताहरुलाई नै अनेक आरोप लगाउनेसम्मका कुरा राख्नुभयो। पार्टी विभाजनसम्मको योजना बनाउनुभयो। यस्तो स्थितिमा निकास दिनैपर्छ । दुई मध्ये एउटा पद स्वेच्छाले छोडनुहोस् । मुख्यत प्रधनमन्त्री नै छोडनुहोस्,’ मंगलवार ओलीसँगको छलफलमा दाहालले राखेको भनाइ उद्धृत गदै एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने ।

ओलीकै नेतृत्वमा सरकार रहेमा आगामी चुनावमा नेकपा पराजित हुनुपर्ने निष्कर्षका साथ राजीनामा माग गरिरहेका नेताहरूको माग सम्बोधनका लागि पनि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनपर्ने मागमा दाहाल अडिग देखिएका छन् । दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाउँदै आएको ओली इतर खेमाले एउटा पद छोडेर बाटो खुलाउन प्रधानमन्त्रीसँग मंगलबार ठोस रुपमै प्रस्ताव राखेको छ । पार्टीको अध्यक्षभन्दा पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएर विवाद मिलाउने गरी अगाडि बढ्न ओलीसमक्ष दाहालले प्रस्ताव राखेका हुन् । ‘त्याग त केही न केही प्रश्न उठेपछि गर्नै पर्छ,’ दाहालको भनाइ उद्धृत गदै ती सचिवालय सदस्यले भने, ‘दुईमध्ये प्रधनमन्त्री पद छोडेर अगाडि जान हाम्रो आग्रह छ । यहीलाई बटमलाइन बनाएर सहमति खोजेरै जाऔं ।’

मंगलवार थोरै मात्र बोलेका प्रधानमन्त्री ओलीले दुवै पदवाट राजीनामा नदिने अडान दोहोर्‍याए । ओलीले सोमबार आफूविरुद्ध पार्टी र सरकारमा नेताहरुले के कसरी घेराबन्दी गरेका छन् भन्ने फेहरिस्त राखेका थिए । ‘तपाईहरू (दाहाल सहितका पार्टी नेता) ले असहयोग गर्नु भएको छ, तैपनि सरकारको काम प्रभावकारी रुपमै अगाडि गएको छ, तपाइहरुले केही देख्न सक्नुभएन, त्यसभित्र कतै पूर्वाग्रही सोच पो छ कि ? तपाईंहरूले अप्ठ्यारो मात्र पार्ने भएपछि मैले केही गतिविधि अगाडि बढाएकै हो, नत्र त्यसरी जानुपर्ने अवस्था आउने थिएन,’ उनले सोमवारको छलफलमा भनेका थिए ।

ओलीले दाहालसँग अहिलेलाई ४ मंसिरको सहमतिलाई थप व्याख्या गर्ने, महाधिवेशनमा अध्यक्ष बन्न दाहाललाई सघाउने र आफूपछि प्रधानमन्त्रीका लागि पनि सहयोग गर्न सकिने गरी २ अध्यक्षभित्रको अधिकार मिलाउने मिलाउन प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्री ४ मंसिरको २ अध्यक्षको अधिकार बाँडफाँडकै विषयमा मात्र थप व्याख्या गरेर अहिलेलाई जान सकिन्छ भन्नेमा हुनुहुन्छ । उहाँले अन्य कुनै पद छोडने कुरा गर्नुभएको छैन । उहाँ आफ्नै अडानमा अडिग देखिनुभएको छ,’ ओली–दाहाल वार्ताको ब्रिफिङ सुनेका ती सचिवालय सदस्यले भने ।

सहमतिका लागि कमजोरी स्वीकार गर्ने, आफ्नो सचिवालय हेरफेर गर्ने, मन्त्रिमण्डल हेरफेर गर्ने र प्रदेश सरकारमा पनि मुख्य मन्त्रीदेखि मन्त्रीसम्म अदलबदल गर्न सकिने तर आफूले भने कुनै पनि हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट राजीनामा नदिने अडान ओलीले सोमवारको बैठकमा दोहोर्‍याए । भनाभन र आरोप प्रत्यारोपबाट शुरू भएको छलफल एक दिन प्रधानमन्त्री ओली र अर्काे दिन अध्यक्ष दाहालले आफ्ना कुरा राख्नेसम्मको वतावरण निर्माण हुनुलाई पनि सकारात्मक लिनुपर्ने छलफलमा सहभागी नेता बताउँछन् । ‘तर एजेण्डा केन्द्रीत छलफलमा ठोस प्रगति भने शून्यकै अवस्थामा छ,’ ती नेताले भने ।

दुवै नेताले आफ्ना कुरा राखेपछि दाहालले २४ असारसम्म सारिएको स्थायी समिति बैठक वुधबार भने अगाडि लैजान ओलीसँग प्रस्ताव गरेका थिए । तर प्रधानमनत्रीले यस विषयमा हुन्छ, हँुदैन भन्ने जवाफ नदिएका बालुवाटार स्रोतले बताएको छ । ‘बुधबार बिहान पहिले उहाँहरू छलफल गर्नुहुन्छ, त्यसपछि मात्र बैठक चल्ने नचल्ने थाहा लाग्ला,’ बालुवाटार स्रोतले भन्यो । स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि दुई अध्यक्षबीचमा निरन्तर छलफल भए पनि कति प्रगतिउन्मुख भएको भन्ने विषयमा आफूले जानकारी नपाएको बताए ।

‘उहाँहरू (ओली र दाहाल) छलफलमा हुनुहुन्छ थाहा छ, तर ठोस प्रगति केही भए नभएको दुई अध्यक्षमात्र बस्नु भएकोले जानकारी पाउन सकिएको छैन,’ उनले भने ।

अर्का स्थायी समिति सदस्य भीम रावलले पनि नेताहरू बीच छलफल भइरहँदा ठोस प्रगति भएको आफूलाई जानकारी नभएको बताए । ‘त्यस्तो केही ठोस कुरा भएको छैन तर पार्टी बैठक भने बधबार बसौं भन्ने भएको छ । बैठक अगाडि अध्यक्षद्धय छलफलमा बस्ने कुरा भएको छ । प्रधानमन्त्रीले पनि बैठक राख्ने विषयमा हुँदैन भनेर आपत्ति जनाउनु भएको छैन भन्ने नै मैले बुझेको छु,’ उनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ओली दाहालको मंगलबारको छलफलपछि रावल पनि दाहाललाई भेट्न खमुलटार पुगेका थिए । रावलले अहिले पार्टीभित्र चलिरहेको छलफल नेताहरुको व्यवस्थापनका विषयमा मात्र नभइ राजनीतिक र सैद्धान्तिक विषयमै केन्द्रीत रहेको र त्यसभित्र व्यक्तिको भूमिकाको विषय पनि सँगै जोडिएर छलफलमा आएको बताए । उनले भने, ‘कुन व्यक्तिले के पद लिने, कसलाई मन्त्री बनाउने, को पदमा जाने भन्ने होइन । मूलत यो सैदान्तिक राजनीतिक, राष्ट्रिय स्वाधिनता, अखण्डता, चुनौतीहरूको सामना कसरी गर्ने भन्ने सँगै बढी सम्बन्धित छ तर विषयहरूसँग छलफल गदै जाँदा व्यक्तिको जिम्मेवारी र भूमिकाको प्रसंग पनि जोडिएर आएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x