कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चीनले दक्षिण चीन सागरको विवादास्पद क्षेत्रमा युद्धाभ्यास गरेपछि अमेरिकी जलसेनाले विमानवाहक दुईवटा युद्धपोत उक्त क्षेत्रमा पठाएको छ । यससँगै दुई महाशक्तिबीचको तनाव सामरिक तहमा पुगेको छ ।
अमेरिकी र चिनियाँ युद्धपोतहरू एकअर्काको कति नजिक पुगे भन्ने स्पष्ट छैन ।
पछिल्लो घटनाले अमेरिका र चीनबीचको सम्बन्ध चिसिएर शीतयुद्धको नयाँ संस्करणमा पुगेको विज्ञहरूले बताइरहेका छन् ।
अनि मंगलवार भएको अर्को घटनाले यस युद्धमा थप बल पुर्याएको छ । बेलायत सरकारले चिनियाँ प्राविधिक कम्पनी हुआवेलाई देशको ५जी नेटवर्कबाट प्रतिबन्धित गर्ने घोषणा गरेको छ ।
अनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई हङकङका विषयमा दण्डित गर्नका लागि एक कानून र एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
मंगलवार नै अमेरिकी जलसेनाले विवादित स्प्य्राट्ली टापुसमूहमा फ्रीडम अफ नेभिगेसन कारवाही चलाउँदै चीनले दाबी गरेको जलक्षेत्रमा क्षेप्यास्त्र विनाशक प्रक्षेपण गरेको छ ।
सोमवार अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले दक्षिण चीन सागरमा रहेका विवादित क्षेत्रमा चीनले गरेको दाबी अवैध भएको र बेइजिङले उक्त क्षेत्रका देशलाई सताउने व्यवहार गरिरहेको आरोप लगाएपछि अमेरिकी जलसेनाले उक्त कारवाही गरेको हो ।
सोमवारै चीनले अमेरिकाका केही सांसद र अन्य अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । सिनजियाङ प्रान्तमा रहेका मुसलमान उइगुर अल्पसंख्यकहरूलाई सामूहिक हिरासतमा राखेको, धार्मिक आधारमा दुःख दिएको र जबर्जस्ती बन्ध्याकरण गरेको भनी त्यसमा जिम्मेवार चिनियाँ अधिकारीविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको जवाफमा चीनले यो कदम चालेको हो ।
अनि गत साता अमेरिकाको एफबीआईका निर्देशक क्रिस्टोफर रेले चिनियाँ गुप्तचर संयन्त्र देशको सूचना तथा बौद्धिक सम्पत्तिका र आर्थिक जीवन्तताका लागि सबभन्दा ठूलो जोखिमका रूपमा रहेको बताए ।
दुई देशबीच महिनौंसम्म कोरोनाभाइरसको उत्पत्तिका विषयमा गरिएका दन्तबझानपछि यी कारवाहीहरू देखिएका हुन् ।
दशकौंसम्म अमेरिकी परराष्ट्रनीतिको बुझाइ के रह्यो भने पश्चिमले चीनसँग व्यापार गर्ने र आदानप्रदान गर्दै जाँदा चीनको राजनीतिक प्रणाली क्रमशः खुल्दै जानेछ र उसको जोधाहा व्यवहारमा पनि परिवर्तन आउनेछ । तर हालैका वर्षमा चीनका राष्ट्रपति सी चिनफिङले अझै कठोर नीति अपनाउन थालेपछि अमेरिकी धारणामा परिवर्तन आउन थालेको छ ।
अहिले ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडन दुवै चीनप्रति बढी कडा देखिनका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
अनि चीनमा पनि अमेरिकाप्रतिको नकारात्मक धारणा बढ्दो छ ।
चीनका परराष्ट्रमन्त्री वाङ यीले अघिल्लो साता बेइजिङको एक थिंकट्यांकमा बोल्दै अमेरिका र चीनबीचको दौत्य सम्बन्ध स्थापना भएको समयदेखि अहिलेसम्मकै सबभन्दा कडा चुनौती आइलागेको बताए ।
अमेरिकाको चीन नीति झूटो सूचनासहितको गलत रणनीतिक आकलनमा आधारित र भावुकताले भरिएको अनि कम्युनिस्टविरोधी अतिवादी सोचले प्रेरित रहेको उनको भनाइ छ ।
यति हुँदाहुँदै पनि यसलाई शीतयुद्ध भनिहाल्न मिल्दैन भन्ने विज्ञहरू पनि छन् किनकि दोस्रो विश्वयुद्धपछि अमेरिकाको नेतृत्वमा रहेको पश्चिम र सोभियत संघको नेतृत्वमा रहेको पूर्वले राजनीतिक र आर्थिक प्रणालीकै विषयमा प्रतिस्पर्धा गरेका थिए ।
त्यसको विपरीत चीनको अर्थतन्त्र कारोबार तथा लगानीको माध्यमले अमेरिका र पश्चिम युरोपसँग गहिरो गरी जेलिएको छ । चिनियाँ पर्यटकहरू संसारभरि घुम्छन् अनि दशौं हजार चिनियाँ विद्यार्थीहरू प्रत्येक वर्ष अमेरिकी र युरोपेली विश्वविद्यालयमा पढ्न जान्छन् ।
तर दुई दशकसम्म चीनलाई विकसित देशहरूको नियम अपनाउनका लागि फकाएको भए पनि त्यसमा सफल नभइएको अमेरिकीहरूले स्वीकार गरेका छन् ।
अमेरिकामा रहेका चिनियाँ गुप्तचरहरूमाथिको कारवाही जारी रहने विज्ञहरू बताउँछन् । अनि पश्चिमले अन्तर्राष्ट्रिय रूपमा चीनले गर्ने दुर्व्यवहारका विषयमा चीनलाई आर्थिक दण्ड दिने उपायहरू अपनाउन थालेको छ ।
चिनियाँहरू प्रशान्त महासागरको पश्चिमी भागमा अमेरिकालाई शक्तिप्रदर्शन गर्न नदिनका लागि क्षेप्यास्त्र तथा अन्य प्रणालीहरू बनाइरहने छन् भने अमेरिकाले चिनियाँ हतियारलाई प्रतिकार गर्ने प्रविधि पनि बनाइरहनेछ ।
अनि प्रविधिको क्षेत्रमा पनि चीनभन्दा आफू पछि नपरियोस् भनी अमेरिकीहरूले कृत्रिम बौद्धिकता तथा क्वान्टम कम्प्युटिङका क्षेत्रमा सरकारी खर्च बढाउन जोड दिइरहेका छन् ।
एनबीसी न्युजमा प्रकाशित केन डिलानियनको रिपोर्ट
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...