विशिष्ठ व्यक्तिलाई दिइने तक्मामा समेत झेल ! महालेखाले उठायो प्रश्न

राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने व्यक्तिलाई सरकारले विभुषित गर्दा प्रयोग गरिने तक्माको धातुको परिमाण र गुणस्तरबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ ।

महालेखाको ५७ औं प्रतिवेदनमा विभुषणमा प्रयोग भएको सुनचाँदीलगायत धातु खरिदको बिल, ज्याला तथा जर्तीको आधारमा परिमाण र मूल्य खुल्न नसकेको उल्लेख छ ।


Advertisement

अघिल्लो आर्थिक वर्षमा ३ सय ४४ मानपदवी, ८७ अलंकार र ८७ पदक तयार गर्न घरेलु तथा साना उद्योग कार्यालय पाटनलाई ५ करोड २७ लाख ५० हजार पेश्की, ४० लाख ३६ हजार शोध भर्ना तथा नेपाल राष्ट्र बैंकलाई तामा र चाँदीका लागि ९० हजार तथा सुन्दरीजल आर्सनलाई १ लाख ५१ हजार समेत गरी ५ करोड ७० लाख २७ हजार खर्च गृह मन्त्रालयअन्तर्गत भएको थियो । 

विभुषण तयार गर्दा समावेश गर्नुपर्ने धातुबारे २०६८ साउन १५गते सचिवस्तरको निर्णयले तोकेको छ । ‘घरेलु तथा साना उद्योग कार्यालयको बिलभरपाइ परीक्षण गर्दा ३३७ मानपदवी, ६० अलंकार र २६ पदकसमेत ४२३


Advertisement

विभुषणमा प्रयोग भएको सुनचाँदीलगायत धातु खरिदको बिल, ज्याला तथा जर्तीको आधारमा परिमाण र मूल्य खुल्ने देखिएन,’ प्रतिवेदनमा उल्लेख छ ।

धातुको तोकिएको परिमाण संकलन गरी तयार भएको सुनिश्चित गरी विभुषण वितरण गर्नुपर्ने महालेखाको सुझाव छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्