×

NMB BANK
NIC ASIA

हिजो दिनभर : ओली-प्रचण्डबीच भेटवार्ता, महाधिवेशनबाट विवाद समाधान गर्ने ओलीको अडान कायमै

साउन १९, २०७७

NTC
Premier Steels

प्रचण्डको ब्रिफिङ – 'ओलीले बैठकबाट होइन महाधिवेशनबाट विवाद समाधान गर्ने अडान राख्नुभो'

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट नै विवादको हल गर्ने भन्दै अन्य विषयमा केही कुरा गर्न नचाहेको बताएका छन् ।

Muktinath Bank

आइतवार बिहान प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच करीब ३ घण्टा छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेत सहभागी थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीसँग भएको छलफलबारे अध्यक्ष प्रचण्डले आफूनिकटका नेताहरूलाई आइतवार साँझ खुमलटार बोलाएर ब्रिफिङ गरेका थिए ।


Advertisment
Nabil box
Kumari

‘उहाँ(ओली)ले पार्टीभित्र देखिएका समस्याहरू सचिवालयमा छलफल गरेर अघि बढ्न सकिने तर नेतृत्व हस्तान्तरणको कुरा स्थायी र केन्द्रीय कमिटी बैठक भन्दा पनि महाधिवेशनमै छलफल गरेर अघि बढ्ने अडान लिनुभयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।

Vianet communication

ब्रिफिङमा प्रचण्डले आफूले नियमित बैठक नरोक्ने, उठेका प्रश्नहरूबारे छलफल गर्ने र आवश्यक परे केन्द्रीय कमिटी बैठकमार्फत समस्या हल गर्ने प्रस्ताव राखेको बताए ।

ब्रिफिङमा वरिष्ठ नेताद्वय खनाल र माधवकुमार नेपालसँगै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

प्रवक्ता श्रेष्ठले ठोस सहमतिको वातावरण नबनिसकेको बताए । लोकान्तरसँग प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एक त रहन्छ तर त्यसका लागि हुनुपर्ने सहमतिको अहिलेसम्म ठोस वातावरण बनिसकेको छैन । अध्यक्ष प्रचण्डले सोमवार पुनः वार्ता गर्ने गरी आफू फर्केर आएको बताउनुभयो ।’

प्रवक्ता श्रेष्ठले पार्टी फुटको संघारमा छ भनेर भन्न नमिल्नेसमेत बताए । ‘अहिले पार्टी फुटको संघारमा छ भनेर भन्न मिल्दैन,’ श्रेष्ठले भने, ‘एकजुट भएर अघि बढ्छ भन्नेमा हामी ढुक्क छौं । तर अहिलेसम्म सहमतिको ठोस खाका तयार भइसकेको छैन । अध्यक्षद्वयबीच संवादको शुरुवात भएको छ यसलाई सकारात्मक मानौं ।’

विगत केही महिनादेखि देखिएको नेकपाभित्रको संकट सहमतिउन्मुख भएको भनिएपनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन । 

गत फागुनमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालय बैठकको निर्णयलाई ओलीले चुनौती दिएपछि नेकपाभित्र शक्तिसंघर्ष चुलिएको हो ।

त्यसयता नेकपाभित्र विभिन्न आरोह अवरोह आए । असार १० गतेबाट शुरू भएको नेकपाको पाचौं स्थायी कमिटी बैठक पनि विवादकै कारण बन्धक बनेको छ । 

असार १४ गते ओलीले भारतसहित नेकपाकै केही नेताहरू आफ्नो सरकार ढलाउन लागिपरेको आरोप लगाएका थिए । ओलीको उक्त आरोपपछि बहुमत स्थायी कमिटी सदस्यहरूले उनको राजीनामा मागेका थिए । 

ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने बरू महाधिवेशनबाट अध्यक्षको पद हस्तान्तरण गर्ने र आमनिर्वाचनबाट प्रधानमन्त्रीको पद हस्तान्तरण गर्ने अडान लिइरहेका छन् । 

ओलीसँग भएको भेटवार्ताबारे खुमलटारमा प्रचण्डको ब्रिफिङ
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोलाएर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।

आइतवार बिहान करीब ३ घण्टा अध्यक्षद्वय ओली र प्रचण्डबीच ओलीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको थियो । छलफलमा वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए ।

भेटवार्ताले कुनै निष्कर्ष ननिकालेको भएपनि संवाद सकारात्मक भएको जनाइएको छ । अध्यक्षद्वयबीच सोमवार बिहान पुनः छलफल हुनेछ ।

स्रोतका अनुसार प्रचण्डले खुमलटारमा ब्रिफिङ गरेपछि त्यसैका आधारमा नयाँ रणनीति बनाएर अघि बढ्ने तयारी ओलीइतरका नेताहरूले गरेका छन् । ‘प्रधानमन्त्री ओली अलि लचिलो देखिएका छन्,’ स्रोतले भन्यो, ‘अवरुद्ध संवाद शुरू भएको छ । सहमति सन्निकट छ ।’ 

थपिए कोरोनाका २४६ संक्रमित, कुल संख्या २० हजार ३३२​ पुग्यो, थप १ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २० हजार ३३२​ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये १४ हजार ६ सय ३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ११ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ५७ पुगेको छ । पछिल्लोपटक पर्सामा थप १ जनाको मृत्यु भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x