नेपाल सम्झँदै मोदीले भने– 'नेपालसँग रामको आत्मीय सम्बन्ध माता जानकीबाट जोडिएको छ'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राममन्दिरको भूमिपूजन समारोहमा नेपाललाई स्मरण गरेका छन् । उनले भगवान रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताएका हुन् । 

विश्वका मुस्लिम देशमा समेत रामको पूजा हुने गरेको तथा चीनमा समेत भगवान रामलाई स्मरण गरिने मोदीले बताए ।


Advertisement

त्यसपछि नेपालको नाम लिएका मोदीले भने, 'नेपाल का राम से आत्मीय सम्बन्ध माता जानकी से जुडा है ।'

मोदीले अयोध्यामा भगवान रामको मन्दिर बन्नु भारत वर्ष र हिन्दूधर्ममा आस्था राख्नेका लागि ठूलो सौभाग्य रहेको बताए ।


Advertisement

मोदीको उक्त भनाइपछि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले राम–सीतासित जोडिएको दुई देशको सम्बन्धलाई समयानुकूल बनाउन रामजानकीले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

‘राम–सीतासित जोडिएको दुई देशको निकटता गहिरो र बलियो छ । यी सम्बन्धलाई आधुनिक समयअनुरूप बढ्दो सहयोगात्मक र सुदृढ बनाउन रामजानकीले प्रेरणा दिइरहुन्,’ राजदूत आचार्यले ट्वीटरमा सन्देश लेखेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्