कात्तिक २४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० ४भी को सिंगल डिस्क भेरियन्ट आज मंगलबार साउन २० गते दराज एप मार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको आरटीआर १६० ४भी अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो ।
जगदम्बा मोटर्स सधै आफ्ना ग्राहकलाई विभिन्न रेञ्जमा मोटरसाइकल उपलब्ध गराउन प्रतिबद्धता रहँदै आएको छ । यस्तोमा कम्पनीले नयाँ भेरियन्टमाआरटीआर १६० ४भी लाई बजारमा उतारेको हो । नयाँ उत्पादनमा आरटीआर १६० ४भी डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ ।
दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिए लगतै नयाँ आरटीआर १६० ४भी सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमा नै पहिलो पटक कुनैपनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्म मार्फत गरेको यो पहिलो पटक हो ।
‘हामीले दराजको महा बचत योजनामा आरटीआर १६० ४भीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं । अहिले कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराज मार्फत नै बिक्री सुरु गरेका हौं’, जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने ।
उनले दराजबाट आरटीआर १६० ४भी मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने जानकारी दिदै भने, ‘यसले ग्राहकलाई पनि फाइदा पुग्ने र अहिलेको समयमा ग्राहकले पनि घरमा नै बसेर आफ्नो लागि मोटरसाइकल किन्न सक्ने भएकाले दराजलाई उपयुक्त थलोको रुपमा छनोट गरेका हौ । दराजमा यो योजना ७ दिनको लागि रहने छ ।’
कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ ।
आरटीआर १६० ४भी लाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुने छ । तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।
आरटीआर १६० ४भी मा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । टीभीएसको रेसिङ डिएनएबाट प्रेरित रहेको आरटीआर १६० ४भी ले आफ्नो विरासतलाई कायम राख्न सकेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।
आरटीआर १६० ४भी मा रहेको १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।
यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध रहेको छ । यसलाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ । जसमा मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट व्ल्याक कलर रहेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...