जादूगर मेस्सी : नेपोलीविरुद्ध गरे सुन्दर गोल (भिडियो)

च्याम्पियन्स लीगमा शनिवार भएको खेलमा बार्सिलोना क्लबका कप्तान तथा सुपरस्टार लियोनेल मेस्सीले नेपोलीविरुद्ध निकै सुन्दर गोल गरेका छन् ।

उनले बल आफूसँग राख्दै सन्तुलन कायम गरेर पाँचजना डिफेन्डरलाई छलाउँदै कुना च्यापेर गोल गरेका हुन् । 
 


Advertisement

मेस्सीले विपक्षीहरूलाई छलाउँदै बल अघि बढाएर सटीक प्रहार गर्ने आफ्नो ट्रेडमार्क खेल शनिवार पनि प्रदर्शन गरेर प्रशंसकहरूलाई खुशी बनाए । 
 

मेस्सी समेतको योगदानमा बार्सिलोना दुई चरणमा गरी समग्रमा ४–२ ले विजयी रहँदै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ ।
 


Advertisement

क्वार्टरफाइनलमा उसको भिडन्त आउँदो शनिवार जर्मन क्लब बार्यन म्युनिखसँग हुनेछ ।   

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्