×

NIC ASIA

छोरीकी आमालाई ढुक्क बनाइदेऊ सरकार !

भदौ १६, २०७७

Prabhu Bank
NTC
Premier Steels
  • दीपक तिमल्सिना

गर्भमा छोरी हुँदा आमालाई सधै त्रास भइरहने वातावरण अझै हट्न सकेको छैन नेपालमा । पछिल्लो समय नेपालमा भएका बलात्कार अनि बलात्कारपछि भएका घटनामा हरेक नेपाली आमाको आँखा आँसुले भिजाएको छ । 

Muktinath Bank

ढुंगे युगबाट शुरू भएको मानवको अस्तित्व अहिले वैज्ञानिक युगमा छ । नेपालमा केही समयअघि बलात्कार न्यूनीकरण हुन्छ भनेर अश्लील सामग्री राख्ने वेबसाइटहरू बन्द गराइयो, यो एकदमै सकारात्मक कदम थियो । बलात्कार जस्ता जघन्य अपराधका घटना घट्नै नदिने उपाय सरकारी तवरबाट नखोजिनु चाहिँ नेपाली जनताको पीडाको विषय हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले आमाहरू छोरी जन्माएकोमा आफैंलाई धिक्कार्दै छन्, गर्भमा छोरी छ कि भनेर गर्भपतन गराउनेको पनि कमी छैन । आक्रान्त बनेको छ नेपाली आमाहरूको मन ।


Advertisment
Nabil box
Kumari

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको निम्ति सामाजिक अभियान्ताहरू सडकमा उत्रिए । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डको घटना एउटा प्रतिनिधि घटना मात्र हो । यहाँ दिनदहाडै, दिउँसै, रातमै चेली बलात्कृत भएका छन् । कति घटना प्रहरीमा आउँछन्, त कति भित्रभित्रै गुम्सिएर रहेका छन् । जबसम्म बलात्कार गर्ने बलात्कारी कडाभन्दा कडा कारवाहीको दायरामा आउँदैन, तबसम्म हरेक नेपाली आमाको मनमा शान्ति छाउँदैन ।
 
पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटनाहरू पनि उत्तिकै बढिरहेका छन् । नेपाल प्रहरीको तथ्यांक् अनुसार विगत ७ वर्षमा १८ महिला र ४ पुरुषमाथि एसिड आक्रमण भएका छन् । एसिड आक्रमणमा पर्नेमा ८२ प्रतिशत युवती छन् । एसिड आक्रमणपछि बाँच्न त बाँच्लान् तर ती आक्रमणमा परेका व्यक्तिको जीवनशैली बन्द कोठाको अँध्यारो जस्तै हुने पीडितले नै बताउँदै आएका छन् ।

Vianet communication

विभिन्न अध्ययनका अनुसार एकतर्फी प्रेमबाट उत्पन्न हुने इगोको भावनाले एसिड आक्रमण जस्ता जघन्य अपराध निम्तिएका देखाएका छन् । आपराधिक मनसाय भएका व्यक्तिले आफू अनुकूल वातावरण पाउने  बित्तिकै दूरासय भावले आक्रमण गर्ने गरेका छन् ।

अहिलेसम्म भएका एसिड आक्रमणहरू प्रायःजसो युवतीलाई यातना दिने तथा कुरूप बनाउने हेतुले भएका देखिन्छन् । मानसिक रूपमा परेको यस्तो पीडालाई सहन नसकेरै धेरैले आत्महत्या समेत गर्ने गरेका छन् । पीडितलाई न्याय दिन नसक्ने सरकारले अनाहकमा आफ्ना परिवार गुमाएका परिवारका अन्य सदस्यलाई सहानुभूति हुने निर्णय समेत गर्न सक्दैन ।

बारम्बार एसिड आक्रमणबाट किशोरीले ज्यान गुमाएको, शारीरिक अपाङ्ग भएको जस्ता घटना दोहोरिरहँदा पनि सरकारले एसिडको बिक्रीवितरणको नियमनमा ध्यान पुर्‍याउन सकेको छैन ।

नेपालमा कैयौ नीतिनियम नै फितला छन्, कडा बनेका नीतिनियम पनि कार्यान्वयनमा फितलो भएर आइदिन्छन् । एसिड आक्रमण गर्नेलाई पनि खासै कडा कारवाही गरिएको चाहिँ पाइँदैन । यदि कडा कारवाही हुँदो हो त कि पटक–पटक घटना दोहोरिन्थे होलान त ? 

पीडकलाई यस्तो कारवाही हुनुपर्छ कि अर्काे दोस्रो व्यक्तिले एसिड आक्रमण सम्झँदा पनि उसको हात थरथर कामोस् । 

महिलाहरू बलात्कार, एसिड आक्रमण साथसाथै देशका केही ठाउँमा बोक्सीको आरोपमा समेत समाजबाट बहिष्कृत भएका समाचार आइरहन्छन् । तर नियमन गर्ने निकायले यी विषयमा न त अध्ययन नै गर्छ, न त सकारात्मक सुधारको बाटो नै रोज्छ ।

बलात्कृत भएको चेली अनि एसिड आक्रमणमा परेकी चेलीको आमा मनमा फाँटेको धाँजो कसरी सिलाउने ? यस्तै घटना हेरेर कैयौ आमा मन र गर्भमा छोरी नहोस् भन्ने सोच्न थालिसके । 

हामी सामजिक, राजनीतिक रूपमा परिस्कृत समाजको खोजीमा लागिरहँदा एउटा छोरी भएकै कारणले अधिक पीडा पाएपछि बाँच्छुभन्दा पनि बाँच्न नपाउने त ! पीडितलाई न्याय दिलाउनका सट्टा पीडकलाई ढाकछोप गर्न प्रशासन तथा अन्य निकाय नै लागेपछि पीडितले न्याय कहिले पाउने ? गर्भमा छोरी छ कि भनेर आमाहरू कहिलेसम्म डराइरहने सरकार !

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x