×

NMB BANK
NIC ASIA

नेपालमा गिद्धको संख्यामा बढ्यो

भदौ २०, २०७७

NTC
फाइल फोटो
Premier Steels

बाह्रौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस शनिवार नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

Muktinath Bank

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर यो दिवस मनाउने गरिन्छ ।
 
यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको भए पनि २००९ बाट मात्र अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो । यस वर्ष कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी नेपालमा पनि आम सञ्चार माध्यम तथा भर्चुअलमार्फत सीमित कार्यक्रम गरिएको छ ।
 
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ५ प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन् । नेपालमा सेतो, हिमाली, हाडफोर, राज, खैरो, डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध पाइन्छन् । तीमध्ये डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध अतिसंकटापन्न सूचीमा छन् ।
 
नेपाललगायत दक्षिण एसियामा गिद्धको संख्यामा कमी आउनुका प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि डाइक्लोफेनेक हो । सो औषधि प्रयोग गरेका पशुको सिनो खाँदा गिद्धको मिर्गौला फेल भई ठूलो संख्यामा कमी आएको थियो ।  
 
गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरू गरेको छ । त्यसयता गिद्धको संख्यामा कमी आउने क्रम रोकिएको र वृद्धि उन्मुख रहेको राष्ट्रिय निकुञ्ज तथा वन्जयन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल, भारत र बंलादेशलगायत मुलुकमा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधिको प्रयोगको अवस्था कस्तो छ भन्ने बारेमा हालै एक अन्तर्राष्ट्रिय जर्नलमा लेख पनि प्रकाशित भएको छ । सन् २०१२ देखि २०१७ सम्म अध्ययन गरी प्रकाशित यस लेखमा नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सियमको प्रयोग करीब ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग शून्य पाइएको उक्त लेखका सहलेखक तथा गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रदूषण नियन्त्रणको सारथी गिद्ध

Vianet communication

गिद्ध आफैंले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्त्वपूर्ण छ । एक तथ्यांक अनुसार एउटा गिद्धले औसत १ वर्षमा कम्तीमा १२० किग्रा सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ ।

सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको संख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ छ । यसको परिणाम मानिसमा रेबिज, प्लेग, हैजा, आउँ र पखालाको महामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृतसमेत रहनुभएका भुसालले बताए ।
 
पारिस्थितिकीय प्रणाली सन्तुलनमा गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्ध आफ्नो आहारा खोजीका लागि सयौं किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ ।
      
गिद्ध संरक्षणका चुनौती

संघले गरेको स्थलगत अध्ययनअनुसार सन् २००२ देखि २०११ सम्म गिद्धको संख्या ९१ प्रतिशतले घटेको देखिए पनि पछिल्लो समयमा गिद्धको संख्या ह्रास दरमा कमी आई वृद्धिउन्मुख रहेको छ । आहारा र बासस्थानमा आएको कमीलगायत कारण अझै पनि गिद्ध संरक्षणमैत्री वातावरण बन्न नसक्दा संरक्षणमा चुनौती छ । आहारको खोजीमा टाढाटाढासम्म यात्रा गर्ने गिद्ध संरक्षणका लागि एक देशले मात्र काम गरेर सुनिश्चित नहुने भएकाले यसमा अन्तरदेशीय सहकार्यको समेत खाँचो रहेको छ । 
 
शनिवार बाह्रौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा संघले नेपालमा पाइने ९ प्रजातिका गिद्धका विभिन्न चरण र अवस्थाका फोटोहरू संकलित फोटो पुस्तक सार्वजनिक गरेको छ । यसले गिद्धको पहिचान र संरक्षण सचेतना प्रवाहमा महत्वपूर्ण टेवा पुर्‍याउने संघको अपेक्षा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x