×

NMB BANK
NIC ASIA

कोरोना: प्रदेश १ मा चारको मृत्यु र प्रदेश २ मा मृतककाे संख्या १०० पुग्याे

भदौ २०, २०७७

NTC
Premier Steels

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोभिड- १९ बाट ५४ जना सङ्क्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ।

Muktinath Bank

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का दुई महिला र बुढीगंगा र धनपालका एक-एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्ममा यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको  छ। ती मध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७ र प्रदेश बाहिरका १२ रहेका छन्।


Advertisment
Nabil box
Kumari

पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेमा एक हजार ७६१ जनाको पिसीआर परीक्षण गरिएको छ। ती मध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ।

Vianet communication

कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेश बाहिरका एक  रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार सङ्क्रमितमा मोरङ विराटनगरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका दुई, लेटाङ, कटहरी र रंगेलीका एकएक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र ६ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएकोे छ।

हालसम्म प्रदेशमा तीन हजार र ८७९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन्। शनिबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट १६  निको भएर घर फर्केका छन् भने हालसम्ममा एक हजार ८३५ जना कोरोनाबाट मुक्त भइसकेका छन्।

हालसम्ममा यस प्रदेशमा ९७ हजार २२१ पिसीआर परीक्षण  गरिएको छ। 

जनकपुर-प्रदेश २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो। 

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिराहामा आठ/आठ, रौतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन्।

यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्। उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ।

कर्णाली(  कर्णाली प्रदेशमा आज नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको  परीक्षणमा दुई जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको उनले बताए। उनका अनुसार कोरोना सङ्क्रमणबाट निको भएर शनिबार ४२ जना घर फर्किएका छन्। 
सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट ६, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए।

शनिबार ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उनको भनाइ छ।

डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लामा विभिन्न आइसोलेशनमा ३०२ जना सङ्क्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रदेशले जनाएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x