अमेरिकी सेनामा रोबोट कुकुर भर्ती, बदलिनेछ युद्धको तस्वीर

सेनामा कृत्रिम बौद्धिकताको उपयोग बढाउनका लागि अमेरिकाको वायुसेनाले रोबोट कुकुरहरू राखेर ठूलो अभ्यास गरेको छ । युद्धभूमिमा मानव सैनिकहरू प्रवेश गर्नुअघि जोखिम आकलनका लागि रोबोट कुकुरहरूलाई तालिम दिइएको हो । 

चारवटा खुट्टा भएका अनि टाउको नभएका यान्त्रिक कुकुरहरूलाई अमेरिकाको नेभादामा रहेको नेल्लिस एयर फोर्स बेसमा विमानबाट निस्केर खतराको संकेत पत्ता लगाउन अह्राइएको थियो । 


Advertisement

ती कुुकुरहरू विकसित युद्ध व्यवस्थापन प्रणालीका एक हिस्सा हुन् । अमेरिकी वायुसेनाले कृत्रिम बौद्धिकता तथा आँकडा विश्लेषण गरेर अमेरिकी सेनालाई हुने जोखिम विश्लेषण गरेर त्यसलाई निस्तेज पार्नेछ । 

कुकुरहरूलाई गोस्ट रोबोटिक्सले बनाएको हो । त्यो फिलाडेल्फियामा रहेको कम्पनी हो । कुकुरलाई भिजन ६० यूजीभी नाम दिइएको छ । 


Advertisement

कुकुरहरूलाई टाढैबाट नियन्त्रण गर्न सकिन्छ र तिनले युद्धभूमिमा सैनिक जानुअघि त्यहाँको तस्वीर लिन्छन् । उनीहरूलाई उचाइमा चढ्नका लागि र विभिन्न सतहमा जानका लागि तालिम दिइएको छ । 

कुकुरहरू वायुसेनाका ‘किल चेन’ का महत्त्वपूर्ण अंग हुन् । 
 

किल चेन सैन्य शब्दावली हो जसले विश्लेषण, योजना निर्माण र सैन्य कारवाहीको प्रक्रियालाई इंगित गर्छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्