×

NMB BANK
NIC ASIA

समाजवादी व्यवस्था निर्माणमा कर्णाली सरकार प्रतिबद्धः मुख्यमन्त्री शाही

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानको भावना बमोजिम विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्दै सामाजिक न्याय सहितको समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

Muktinath Bank

शनिबार संविधान दिवसको अवसर पारेर एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले  विश्व समुदायका अगाडि नयाँ चुनौतीका रुपमा आइपुगेको कोरोना भाइरस (कोभिड– १९) का कारण लामो समय देखि विकास, निर्माण तथा आर्थिक गतिविधि प्रभावित हुन पुगेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिडको जोखिम न्यूनिकरणका लागि आवश्यक सतर्कता एवं सावधानी सहित जनजीवनलाई सामान्य बनाउदै विकास निर्माणको कामलाई अगाडि बढाउने दिशामा सरकार लागिरहेको छ ।


Advertisment
Nabil box
Kumari

कोभिडले श्रृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्नुहुन पनि अनुरोध गर्दछु उनले भनेका छन् ।

Vianet communication
Laxmi Bank

नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्र रुपमा संचालन गरेका वलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ साल आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको भन्दै उनले आजको दिन ऐतिहासिक भएको बताएका छन् ।

यो विशेष अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुति दिने महान शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मुख्यमन्त्री शाहीले संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका गौरवपूर्ण ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायत सबैखाले आन्दोलन तथा जनसंघर्षका क्रममा वेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाहरूप्रति उच्च सम्मान गर्दै जन क्रान्ति तथा जनआन्दोलनमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गरे ।

मुख्यमन्त्री शाहीले कोभिढ १९ का कारण सार्वजनिक समारोहको आयोजना गरी संविधान दिवस मनाउन नपाइएको बताउँदै आम प्रदेशवासीलाई घर घरमा दिपावली गरी भव्यताका साथ संविधान दिवस मनाउन अपिल समेत गरेका छन् ।

आजको दिनले संविधानको कार्यान्वयन गर्दै राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकास सहित समाजवादी राज्य निर्माणका लागि प्रेरणा पैदा गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x