नेकपामा सुरु भयो केन्द्रीय सदस्यलाई तलब दिनेबारे छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद सदस्य या अन्य सुविधाको पदमा नरहेका आफ्ना केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेबारे छलफल शुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार बसेको नेकपा सचिवालय बैठकको कार्यसूचीको विविधमा केन्द्रीय सदस्यहरुलाई आर्थिक सहयोग गर्ने प्रस्ताव छलफलको लागि एजेण्डा बनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


Advertisement

‘पूर्णकालीन कार्यकर्तालाई तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिस्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो,’ प्रवक्ता श्रेष्ठले भने,  ‘प्रदेश, जिल्ला या त्यो भन्दा तलको हकमा सम्बन्धित कमिटीले नै छलफल गर्ने भएको कारणले सचिवालयले केन्द्रीय कमिटीका सदस्यको हकमा के गर्ने भन्ने वारेमा पनि छलफल गर्ने कार्यसूची तय गरेको छ ।’

नेकपाले कोरोना भाइरसका कारण उत्पन्न महामारीको समयमा संघीय संसदका सदस्यले बैठक भत्ता लिने कि नलिने भन्नेबारे पनि नेकपाले पार्टीमा छलफल शुरु गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्