×

Nic Asia
Marvel

तपाईंले यी गुण थाहा पाउनुभयो भने, छुटाउनुहुने छैन भान्सामा मरिच

काठमाडाैं | चैत २३, २०७८

TVS INSIDE

जाडो याममा चियामा मरिच राखेर खाने चलन छ । प्रायः जाडो समयमा चियामा राखिने कालो मरिचले न्यानो गराउन मात्र होइन, स्वास्थ्यलाई फाइदा गर्दछ ।

IME BANK INNEWS
morang Auto yamaha

यी हुन् मरिचका फाइदा
मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।


Advertisment
NMB BANK
Saurya island

मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।

Vianet communication
Maruti inside

तर मरिचको ज्यादा सेवनले भने हाडजोर्नीमा समस्या निम्त्याउन सक्छ ।

तपाईंका आँखा कमजोर छन् भने मरिच पिसेर धूलो बनाउनुस् अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुस् । यसो गर्दा आँखा तेजिलो हुन्छ ।

पेटमा कीरा परेका छन् भने अलिकति मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिउनुस् । अर्को उपाय भनेको दिनमा तीनचोटि मरिच किसमिससँग मिसाएर खानुस् ।

पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो । जिरा, चिनी र मरिचका दानाहरूलाई पिँधेर धूलो बनाउनुस् अनि बिहान बेलुका तीनचोटि खानुस् । यो खाँदाखेरी जंक फूड तथा तेल हालेको खानेकुरा नखानुस् ।

साससम्बन्धी समस्या छन् भने पुदिनाको चियामा मरिच हालेर पिउनुस् ।

मरिच चपाउने गर्दा अनुहारका दागधब्बा र रोग निको हुन्छन् ।

दाँत दुखेको वा बिग्रेको छ भने मरिचले फाइदा गर्छ । पाइरिया भएको छ भने मरिचको धूलोमा नून हालेर दाँतमा दल्नुस्, ठीक हुन्छ ।

भुल्ने बानी छ भने महमा मरिचको धूलो हालेर दिनमा दुईचोटि खानुस् ।

वैदिकउपचार डट्कम

TATA Below
NLIC
जेठ ११, २०७९

व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सक...

जेठ १३, २०७९

काठमाडौं — पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग गरिन्छन्...

जेठ ११, २०७९

नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ ।  तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यम...

जेठ ११, २०७९

औंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ? एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो । ...

जेठ १४, २०७९

मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक...

जेठ १२, २०७९

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको मह...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x