×

NMB BANK
NIC ASIA

घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामग्री वितरण

असोज १४, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पोखरा महानगरपालिका–१७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ ।

Muktinath Bank

साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मंगलवार आयोजित एक समारोहमा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्सले विशेषगरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

क्लबका अध्यक्ष नीरज पन्तका अनुसार सत्संग भवनका लागि आवश्यक कार्पेट, शैक्षिक सामग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको हो ।

Vianet communication

ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्संगका अध्यक्ष टोपराज ढुंगानाले घर, होटल, रेस्टुरेन्ट तथा वर्कशपहरूमा श्रम गर्ने श्रमिक बालबालिकाको शिक्षादीक्षा एवं ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताए ।

संस्थामा हाल ३० जना श्रमिक बालबालिका अध्ययनरत रहेका छन् भने २५ भन्दा भढी ज्येष्ठ नागरिकले दिवा सेवा लिइरहेको बताउँदै उनले संस्थाको सक्रियतामा सार्वजनिक जग्गामा ३ लाखको लागतमा ट्रस्ट भवन निर्माण गरिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघद्वारा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालबालिकालाई पठनपाठन गराउने लक्ष्यका साथ शुरू गरिएको सो संस्थाले अक्षर चिनाउने र पायक पर्ने सरकारी विद्यालयमा भर्ना गरी उनीहरुको पढाइलाई निरन्तरता दिँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x