काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाः बोलपत्र खोलियो

काठमाडौं–तराई–मधेस द्रुत मार्ग सडक आयोजनाको लागि बुधबार टनेल प्याकेज १ र २ को लागि आह्वान गरिएको प्रि–क्वालिफिकेशनसम्बन्धी बोलपत्र खोलिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
जसअनुसार ईपीसीको छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको लागि कुल २१ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन् भने धेद्रेखोलादेखि लेनडाँडासम्मको कार्यका लागि कुल २२ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेको निर्देशनालयले जनाएको छ ।

अब मुल्याङ्कन समितिले बोलपत्रहरुको मूल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीहरुलाई सूचीकृत गर्ने सेनाले जनाएको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्