×

NMB BANK
NIC ASIA

यही असोज ७ गते नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन हुने बताएका थिए ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकको निष्कर्ष भन्दै डा. गौतमले लकडाउनको विषय उठाएपछि पुनः घरभित्रै थुनिनुपर्ने भन्दै जनता त्रस्त बने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसदिन देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ थियो ।


Advertisment
Nabil box
Kumari

१५ दिनको अन्तरालमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेर २५ हजार ७ पुग्यो । यो बुधवारको तथ्यांक हो । अहिले पनि धेरैको प्रश्न छ, के अब लकडाउन हुन्छ त ?

Vianet communication

स्वास्थ्य मन्त्रालय स्रोतले लकडाउनकै स्वरूपमा नभएर फरक ढंगले एक्सन लिने गरी सरकार अघि बढिरहेको जनाएको छ ।

एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'संक्रमितको संख्या बढिरहेको छ, अस्पतालमा बेडको अभाव देखिएको छ । यत्तिकै बस्न त मिल्दैन । केही न केही गर्नै पर्छ ।'

उनले निश्चित ठाउँहरू ब्लक गर्ने गरी काम अघि बढिरहेको बताए ।

'हामीले प्रस्ताव बनाएर सीसीएमसीमा लैजाने हो, त्यहाँबाट भएको निर्णय सरकारले कार्यान्वयन गर्छ । निश्चित ठाउँहरू ब्लक गर्ने विषयमा छलफल चलिरहेको छ ।'

कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले गत सालको चैत ११ गतेबाट देशव्यापी लक-डाउन घोषणा गरेको थियो । लक-डाउन साउन ७ गतेसम्म रह्यो । त्यसपछि पुनः लक-डाउन नगर्ने भनिएको थियो तर त्यसपछि काठमाडौं उपत्यका लगायत धेरै ठाउँहरूमा निषेधाज्ञा जारी गरियो ।

लगातारको बन्दले आम सर्वसाधारणहरू आजित भए । धेरैको रोजगारी गुम्यो । व्यवसायहरू टाट पल्टिने अवस्थामा पुगे । काठमाडौं उपत्यकामा भदौ २ गतेदेखि शुरू भएको निषेधाज्ञा ३ सातासम्म चल्यो तर कोरोना संक्रमणको दर तल ओर्लिएन ।

असोजदेखि लामो दूरीका यातायात, आन्तरिक उडानहरू सुचारू भए । होटेल रेस्टुरेन्टहरू खुले । जनजीवन सामान्यीकरणतर्फ लम्किरहेको छ । तर आम नागरिकमा पुनः लकडाउन या निषेधाज्ञा हुने डर कायमै छ ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधवार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा काठमाडौं उच्च जोखिममा रहेकाले सरकार लकडाउन या केही गर्ने मानसिकतामा रहेको संकेत दिएका थिए ।

'संक्रमणको जोखिम उच्च रहेका हटस्पटहरू ब्लक गर्ने सरकारको तयारी छ,' एक मन्त्रीले लोकान्तरलाई बताए । तर कहिलेबाट भन्ने प्रश्नको जवाफ भने सरकारसँग छैन ।

'आजै, भोलि या केही दिनपछिबाट लागू हुने गरी सरकारले निर्णय गर्न सक्छ,' ती मन्त्रीको जवाफ थियो ।

यतिबेला सक्रिय संक्रमितमध्ये लगभग ६० प्रतिशत होम आइसोलेसनमा रहेका छन् । बाँकीमध्ये पनि आधाजसो निजी अस्पतालमा उपचाररत छन् ।

सरकारले जम्मा ७ देखि ८ हजार संक्रमितको जिम्मेवारी लिएको छ ।

बुधवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानु नपर्ने सुझाव दिए । उनले बेहोश हुन लाग्दा या भइसकेपछि मात्र अस्पताल आउन भन्दै दिएको सुझावको यतिबेला सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

सरकार किन यति छिट्टै हात उठाउने परिस्थितिमा पुग्यो ? हामीले यो प्रश्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका प्रवक्ता महेन्द्र गुरागाईंलाई सोधेका थियौं ।

'सबै संक्रमितप्रति सरकारको उत्तिकै जिम्मेवारी छ,' उनले भने, 'होम आइसोलेसनमा रहेकालाई पनि नियमित फलोअप गर्ने काम भइरहेको छ । निजी अस्पतालमा उपचार गराएको भएपनि औषधिहरू सरकारले नै उपलब्ध गराउने हो । समग्र तथ्यांकलाई फुटाएर हेर्नु हुँदैन ।'

उनले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन गर्ने/नगर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँगै सोध्नुपर्ने बताए ।

सरकारको तयारी कोरोना संक्रमण बढी देखिएका राजधानीका केही क्षेत्र 'ब्लक' गर्ने छ ।

'कोरोना संक्रमणको दर उच्च भएकोमा सबैलाई चिन्ता छ, हामीलाई पनि चिन्ता छ । के गर्ने नगर्ने भन्ने हामी छलफलमै छौं । संक्रमणको हटस्पटहरूलाई ब्लक गरेर अघि बढ्ने कि भन्ने हाम्रो कुरा हो तर यो छलफलकै क्रममा रहेकाले अहिले केही भन्न मिलेन,' उनले भने ।

उनले पूर्वाधार थप्नुभन्दा पनि भइरहेकै पूर्वाधारहरूको व्यवस्थापन गर्नतिर सरकार लागिरहेको बताए ।

'संक्रमितलाई खर्च हुने भनेको खाना र लजिस्टिकमा मात्र हो,' उनले भने, 'होटेलहरूले त्यति पैसा दिए हामी राख्छौं भनिरहेका छन् । अहिलेको अवस्थामा पूर्वाधार आवश्यक होइन ।'

उनले सरकारले संक्रमित बढी भएका क्षेत्रहरूमा कन्ट्याक्ट ट्रेसिङ भइरहेको र केही दिनभित्र तथ्यांक विश्लेषण गरेर निर्णय गर्ने बताए ।

पुनः लकडाउन गर्दा जनताको नजरमा सरकारले लकडाउनबाहेक केही गर्न नसक्दो रहेछ भन्ने पर्ने र थप आलोचित हुनुपर्ने विषयमा सरकार सजग देखिन्छ ।

नेताहरूले लकडाउन कुनै हालतमा हुँदैन भनिरहेका छन् तर स्वास्थ्य मन्त्रालयका प्राविधिकहरूले लकडाउन नगरे परिस्थिति थाम्नै नसकिने स्थितिमा पुग्ने चेतावनी दिइरहेका छन् ।

'नेताहरूले के बोल्नुहुन्छ त्यो अलग कुरा हो, तर संक्रमणको दर भयावह भए जसले जे बोलेपनि के हुन्छ र ?' गुरागाईंले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x