×

NMB BANK
NIC ASIA

प्रभावहीन अनुगमन

चाडबाडमा मौसमी बजार अनुगमन : चर्चासँगै ‘खर्च’ जुटाउने मेसो मात्र !

बर्सेनि अनुमगनको नाटक, उपभोक्ता ठगिएको ठगियै

असोज २३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गत भदौ २९ गते भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो ।

Muktinath Bank

भारतबाट प्याज आयात नहुने भएपछि नेपालमा अस्वाभाविक रूपमा प्याजको मूल्य बढ्न थाल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्याजको मूल्यमा अस्वाभाविक वृद्धि गर्नेलाई कारवाही गर्ने भन्दै बुधवार (भदौ ३१ गते) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट काठमाडौं उपत्यकाका बजार अनुगमनमा निस्किए । 


Advertisment
Nabil box
Kumari

प्याजको मूल्यवृद्धि भएसँगै अनुगमनका लागि भन्दै निजी गाडी चढेर उद्योगमन्त्री काठमाडौंका तरकारी बजार घुम्दा उनको चर्चा चल्यो ।

Vianet communication
Laxmi Bank

केही व्यवसायी दंग परे भने केही कारबाहीमा पनि परे । 

३१ गते बजार अनुगमनमा निस्किएका मन्त्री भट्ट फर्किन नपाउँदै कतिपय व्यवसायीले प्याजमा उही (महँगो) मूल्य लगाउन थालिहाले ।

मन्त्रीको बजार अनुगमन केही क्षणमै व्यवसायीले बिर्सिए । 

***

प्याजको मूल्य बढ्दा मात्र हैन कोरोनाभाइरसको महामारी न्यूनीकरण तथा रोकथामका लागि भन्दै सरकारले मुलुकभर गत चैत ११ गतेदेखि लकडाउन घोषणा गर्‍यो ।

बीचमा खाद्यान्नको कृत्रिम अभाव भएका गुनासाहरू थुप्रै आए । उद्योगमन्त्री त्यतिखेर पनि बजार अनुगमनमा निस्किएका थिए ।

एकातिर मन्त्रीको अनुगमन चलिरह्यो, अर्कातिर बजारमा कृत्रिम अभाव र महंगी रोकिएन, कायमै छ ।

***
बजार अनुगमनका नाममा उद्योगमन्त्री नै बजारमा छिरेपनि बजारको अवस्था भने ‘ज्यूँका त्यूँ’ देखिन्छ । 

हरेक वर्ष चाडपर्वका समय नजिकिँदै गर्दा बजार अनुगमनको जिम्मा पाएका विभिन्न सरकारी विभागहरू सक्रिय देखिन्छन् ।

अन्य समयमा सामान्य अनुगमनमा निस्कने विभागका कर्मचारीहरू चाडपर्वका समयमा बढी नै निस्कने गरेको पाइन्छ । 

बजारमा अनुगमनको नाटक मञ्चन !

बजारलाई कसरी परिचालन गर्ने, अनुगमनलाई कसरी प्रभावकारी बनाउने वा उद्योग व्यवसायलाई कसरी चलायमान बनाइराख्ने, व्यवस्थित बनाइराख्ने ? यी र यस्तै विषयमा छलफल, बहस, तथा नीति निर्माणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको मुख्य भूमिका हुन्छ । 

तर यस्ता विषयमा नभई बजार अनुगमनमा आफैं निस्कने मन्त्री भट्टको काम केवल चर्चाका लागि मात्रै भएको विभिन्न क्षेत्रबाट टिप्पणी भइरहेको छ ।

अधिवक्ता एवम् उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बजारमा हुने गरेको मौसमी अनुगमन प्रभावकारी नहुने तर्क गर्छन् । 

लोकान्तरसँग उनले भने, ‘बजार अनुगमनका नाममा मन्त्री नै बजारमा जानु र मौसमी बजार अनुगमन गर्नु केबल ‘नाटक मञ्चन’ मात्रै भइरहेको छ ।’

मौसमी अनुगमनमाथि अधिकारकर्मीको शंका !

चाडपर्वलाई लक्षित गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका विभिन्न सरकारी विभागले मूल्य तथा गुणस्तर लगायतबारे नियमित बजारमा अनुगमन गर्दैै आएको छ, यद्यपि उनीहरूले गरेको बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । 

उपभोक्ता अधिकारका विषयमा आवाज उठाउँदै आएका एक अधिकारकर्मी यसलाई चर्चा र ‘खर्च’ कमाउने मेसोका व्याख्या गर्छन् । चाडबाडमा हुने मौसमी अनुगमन प्रभावकारी नरहेको उनको जिकिर छ ।

यसैगरी अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले चाडबाडको समयमा मात्रै हुने अनुगमन प्रभावकारी नरहेको बताए ।

चाडपर्वका समयमा उपभोक्ता लगायत सबैको ध्यान बजारतर्फ खिचिएको हुन्छ, सोही मौका छोपी बजार अनुगमन गरेजस्तो गर्नु केबल हाइलाइटका लागि मात्रै भएको देखिन्छ,’ लोकान्तरसँग उनले भने ।

चाडबाडको समयमा बजार अनुगमनलाई तिव्रता दिएपनि बजारको अवस्था भने सुधार नभएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । बजारमा अनुगमन नियमित भएपनि प्रभावकारी नभएको भन्दै अहिलेकै अवस्थाको अनुगमनको औचित्य नभएको दाबी गरे । उनले अनुगमनलाई प्रभावकारी बनाउन अनुगमन गर्ने निकाय स्वतन्त्र र दबाबमुक्त ढंगले काम गर्ने निकायको रूपमा रहनुपर्ने बताए । 

विगतमा उपभोक्ता अधिकारकर्मीसहित अनुगमनमा निस्किँदा आर्थिक मिलेमतो भएको भन्दै उनले आर्थिक चलखेलको सम्भावना अहिलेको अनुगमनमा पनि देखिने बताए । अहिले बजार अनुगमनमा उपभोक्ता अधिकारकर्मी संलग्न नहुँदा अनुगमन गर्ने निकायमाथि प्रश्न उठिरहेको र उनीहरूमाथि छानबिन गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

बानियाँले भने, ‘विगतमा जस्तै अहिले पनि चाडपर्वको मौका छोपी बजार अनुगमन गर्दा आर्थिक अनुशासन कायम नभएको, अनुचित व्यापारिक क्रियाकलाप गरेको जस्ता कुराहरू आइरहेका छन्, यसमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने देखिन्छ ।’

विज्ञ भन्छन् : प्रभावकारी बजार अनुगमन नहुनु पुरानै रोग ! 

चाडबाडको मुखमा बजारमा अनुगमन बढी गर्नु जरुरी भएपनि प्रभावकारी अनुगमन नहुनु ‘पुरानै रोग’ भएको पूर्व आपूर्ति सचिव पुरुषोत्तम ओझाले बताए ।

लोकान्तरसँग उनले भने, ‘चाडपर्वका मुखमा वस्तु तथा सेवाको माग बढी हुने र पूर्ति पनि बढी हुने भन्दै पूर्ति गर्ने निकायले विभिन्न खाले अनुचित गतिविधि गर्ने क्रम पनि त्यसबेला गर्न सक्ने हुन्छ । तर अनुगमनका नाममा अनुगमन मात्रै गर्नु चाहिँ पुरानै रोग हो ।’

बजार अनुगमन नियमित हुनुपर्नेमा जोड दिँदै उनले नियमित अनुगमन नहुँदा समस्या निम्तिएको बताए ।

बजार अनुगमनमा स्थानीय निकाय पनि सक्रिय हुनुपर्ने बताउँदै उनले संविधानले दिएको अधिकार उनीहरूले प्रयोग गर्नुपर्नेमा जोड दिए । 

बजार अनुगमनका क्रममा गलत क्रियाकलापमा नियमनकारी निकाय आफैँ अप्रत्यक्ष वा प्रत्यक्ष संलग्न हुन सक्ने औंल्याउँदै उनले उनीहरूमाथि पनि निगरानी गर्नुपर्नेमा जोड दिए ।

‘बजारमा अनुगमन प्रभावकारी नहुनु र अनुगमन गर्ने निकाय नै पनि अनैतिक गतिविधिमा पनि संलग्न हुनसक्ने हुन्छ,’ उनले थपे, ‘बजार अनुगमन गर्ने विभिन्न निकायमाथि पनि निगरानी राखिरहनुपर्ने देखिन्छ र कारवाही पनि गर्नुपर्ने हुन सक्छ, यसका लागि सरकारी निकाय नै सक्रिय हुनुपर्छ ।’

बजार अनुगमनलाई प्रभावकारी गराउनका निम्ति सरकारी विभागहरूमा जनशक्ति अभाव रहेको भन्दै उनले पर्याप्त कर्मचारीको व्यवस्थापन गर्नुपर्ने औंल्याए ।

बजार अनुगमनलाई प्रभावकारी बनाउनका निम्ति अनुगमनकारीहरूमा ‘इच्छा शक्ति’ भए पुग्ने उनको भनाइ छ । 

यस्तै उच्च तहका व्यक्तित्वहरूको ध्यान नपुग्दा बजार अनुगमन फितलो बन्न पुगेको राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्व सचिव कृष्णहरि बाँस्कोटा बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘बजार अनुगमनमा विभाग तथा स्थानीय सरकारको मात्रै ध्यानले पुग्दैन, उच्च तहका जस्तै प्रधानमन्त्रीदेखि मन्त्री, सचिवहरूले  पनि यसलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्छ ।’
बजार अनुगमन मौसमी बनाउन नहुने भन्दै उनले वर्षभरि नै नियमित अनुगमनको आवश्यकता औंल्याए । 

बजार अनुगमनमा उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरूलाई अनिवार्य लैजानुपर्नेमा जोड दिँदै उनले यसो भएमा अनुगमन प्रभावकारी हुन सक्ने स्पष्ट पारे । 

उनी भन्छन्, ‘अनुगमनकारी एक्लै जाँदा त्यति प्रभावकारी देखिँदैन, सञ्चारकर्मी र उपभोक्ता अधिकारकर्मीलाई पनि अनिवार्यरूपमा लैजानुपर्छ ।’

के भन्छन् अनुगमन गर्ने विभाग ? 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जन विभागले नियमित रूपमा ३ टोली बजार अनुगमनमा पठाएको दाबी गर्छन् । 

उनले भने, ‘मिडियाले समाचार छाप्ने कुरामा भर पर्छ, चाडपर्वका समयमा मिडियाले अलि बढी छाप्छन् र बढी अनुगमन भएजस्तो लाग्छ, हामीले त अरू समयमा पनि अनुगमन गरिरहेकै छौं ।’

यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्र कर्मचारी अभावका कारण अनुगमन अलि प्रभावकारी बनाउन नसकेको स्विकार गर्छन् ।

उनले भने, ‘हामीसँग कर्मचारीको अभाव छ, अन्त मात्रै हो कि हाम्रोमा मात्र हो, त्यो त थाहा छैन । कर्मचारी अभाव हुँदा अनुगमन प्रभावकारी नभएको हुन सक्ने देखिन्छ ।’

उनका अनुसार, विभागसँग १ जनामात्रै बजार निरीक्षक रहेका छन् । उनको नेतृत्वमा ४ /४ जनाको ४ टीम बजार अनुगमनका लागि खडा हुन्छन् ।

‘कानूनअनसार अनुगमनमा कारवाही गर्ने अख्तियारी बजार निरीक्षकसँग मात्रै हुन्छ, तर १ जना बजार निरीक्षक कहाँ–कहाँ जाने र कारवाही गर्ने ?’ उनले लोकान्तरसँग भने । 

यद्यपि भएको जनशक्तिबाट पनि अनुगमन नियमित भइरहेको भने उनले दाबी गरे । ‘हामीले नियमित अनुगमन गरिरहेका छौं, भएसम्मको त गर्ने हो,’ उनले भने, ‘अहिले स्थानीय तहहरूलाई पनि बजार अनुगमनमा सक्रिय बनाइँदै छ ।’

उनले चाडपर्वका समयमा कारोवार बढी हुने हुँदा अनुगमन पनि बढी नै हुने बताउँदै चाडपर्वको अनुगमनलाई मिडियाले ‘हाइलाइट’ गर्दा बढी चर्चा हुने र अन्य समयमा त्यति चर्चा नहुने दाबी गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x