×

NIC ASIA

नेपालको डरलाग्दो परनिर्भरता: १ रुपैयाँको निर्यात, १३ रुपैयाँको आयात

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २७ वैशाख– मुलुकको आन्तरिक उत्पादन खस्किदै जाँदा नेपालको वैदेशिक व्यापार निरासाजनक देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका अनुसार ९ महिनामा मात्रै नेपालले सवा ७ खर्ब रुपैयाँ बराबरकोे वस्तु आयात गरेको छ ।

चालू आर्थिक वर्ष (आव) २०७३/७४ को वैशाखसम्ममा नेपालले ७ खर्ब २६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालू आव २०७३/७४ को वैशाखसम्ममा नेपालले ५५ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तुमात्र निर्यात गरेको छ ।

कमजोर आन्तरिक उत्पादन खस्किँदा आयात अत्यधिक बढेको देखिएको छ ।

बढ्यो व्यापार घाटा

गत वर्षको तुलनामा सुधार देखिए पनि आयात र निर्यातबीचको असन्तुलनका कारण चालू आवको पहिलो ९ महिनामा व्यापार घाटा अरु बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको कूल वैदेशिक व्यापार घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा करीव ४१ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको पहिलो ९ महिनामा नेपालको व्यापार घाटा करीव पौने ५ खर्ब रुपैयाँ बराबरको रहेकामा चालू आवको सोही अवधिमा ६ खर्ब ७० अर्ब रुपैयाँ पुगेको केन्द्रको तथ्याङ्क छ । गत आवको तुलनामा चालू आवमा मुलुकको वैदेशिक व्यापार सुधारोन्मुख भए पनि निर्यातको तुलनामा आयात अत्यधिक बढ्दा व्यापार घाटा पनि सोही अनुपातमा बढेको हो ।

केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९ प्रतिशतले वृद्धि भई ७ खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा नेपालको कुल निर्यात ९ दशमलव ९ प्रतिशत र आयात ३८ दशमलव ४ प्रतिशतले बढेको केन्द्रले जनाएको छ ।

समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा निर्यात तथा आयातको अनुपात क्रमशः ७ दशमलव १ प्रतिशत र ९२ दशमलव ९ प्रतिशत पुगेको केन्द्र बताउँछ ।

केन्द्रका अनुसार चालू आवको प्रथम नौ महिनामा नेपालको निर्यात –आयात अनुपात १ बराबर १३.१ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो अनुपात १ बराबर १०.४ थियो ।

समीक्षा अवधिमा नेपालबाट मूख्यगरी ऊनी, गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी लगायतका वस्तु निर्यात भएको केन्द्रले जनाएको छ ।

समीक्षा अवधिमा नेपालले ५ अर्ब ६६ करोड रुपैयाँको ऊनी गलैंचा, ३ अर्ब ९७ करोड रुपैयाँको तयारी पोशाक, ४ अर्ब २७ करोड रुपैयाँको फलाम तथा स्टीलका उत्पादन, ४ अर्ब ८१ करोड रुपैयाँको पोलिष्टर तथा अन्य धागोको निर्यात भएको केन्द्रले जनाएको छ ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा, वंगलादेश, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि प्रमुुख रहेका छन् ।

केन्द्रका अनुसार ८७ अर्ब ३९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ, ७६ अर्ब ९० करोड रुपैयाँको फलाम तथा स्टीलजन्य उत्पादन, ६३ अर्ब ३० करोड रुपैयाँको यातायातका साधन र तिनका पार्टपुर्जा, २९ अर्ब ४७ करोड रुपैयाँको इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्री र १७ अर्ब ४२ करोड रुपैयाँको औषधिको आयात भएको छ ।

नेपालको आयात बजारमा व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेविया, क्यानडा, जापान, मलेशिया र भियतनाम प्रमुुख रुपमा रहेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x