×

NIC ASIA

सरसर्ती २४ घण्टा

रविको नाममा अड्कियो सहमति

काठमाडाैं | जेठ ११, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तापक्ष सहकारीको नाम राख्न सहमत भएपनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा असहमत भएकाले बैठक निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ ।


Advertisment
Rupse Holidays
Nabil box

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यदलको बैठक फेरि शुक्रबार बिहान बस्ने र त्यसले निष्कर्ष निकाल्ने दाबी गरे । गृहमन्त्री लामिछानेलाई शुरूमै दोषी देखाउने प्रवृत्ति कांग्रेसमा देखिएकाले बिहीबार सहमति जुट्न नसकेको उनले बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ । 

Vianet communication

बिहीबार बसेको बैठकले संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले कार्यादेशमा नयाँ शिराबाट सहमति खोज्न पार्टीले भूमिका निर्वाह गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
००००
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकजना मान्छेको नागरिकताको विषय छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् नहुने प्रतिक्रिया दिएका छन् । 

विराटनगरमा बिहीबार साँझ एमालेको मोरङ जिल्ला कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रेससँग सम्बन्धित विषय नभएको स्पष्ट पारेका हुन् ।
००००
मोरङको उर्लाबारी नगरपालिका—३ स्थित मुगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा  प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति सहित २ जनालाई पक्राउ गरेको छ ।
मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति  सुमन श्रेष्ठ र मङ्गलवारे युवा क्लबका अध्यक्ष पिपलराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । 
बिहीबार गृह जिल्ला मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट उनी सर्वसम्मत् रुपमा प्रतिनिधि चयन भएका हुन् । अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पङ्क्ति एवम् निर्वाचन समितिलाई धन्यवादज्ञापन गरे ।
००००
नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो समयमा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।
००००
बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरोनजिकै उनी मृत अवस्थामा भेटिएका हुन् । 
००००
गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली काग्रेस सहभागी नहुने भएको छ । कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ ।

कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलले सर्वोच्च अदातलमा दायर गरेको रिटको अन्तिम सुनुवाइ नहुँदासम्म गण्डकी प्रदेशसभाको बैठक एवं प्रदेश सरकारका काममा पार्टीको सहभागिता नहुने जनाएको छ ।
००००
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती बिहीबार मनाइएको छ ।  भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्मिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी दिवस मनाइएको छ ।
००००
मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् ।
यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x