×

NMB BANK
NIC ASIA

प्रतिभाशाली यी दाजुभाइ : घरमै बसीबसी बनाए स्वचालित स्यानिटाइजर मशिन

कात्तिक ७, २०७७

NTC
Premier Steels

बुटवलका जुम्ल्याहा दाजुभाइ लभ र कुश पन्थीले कोरोना संक्रमितलाई औषधि पुर्‍याउने रोर्बट नर्स बनाएको केही समयपछि बुटवलका अर्का दाजुभाइ कपिल र विशाल लम्सालले स्वचालित हाते स्यानिटाइजर मशिन बनाएका छन् ।

Muktinath Bank

बुटवलका कालिका मानवज्ञान माविको १० कक्षामा अध्ययनरत दाजुभाइले विद्यालय बन्द भएको समय सदुपयोग गरेर स्वचालित स्यानिटाइजर मशिन बनाएका हुन् । स्यानिटाइजर मशिन दाजुभाइका लागि आम्दानीको स्रोत बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै दाजुभाइले यसअघि पनि रोबोट बनाएका थिए । गुल्मीको मालिका गाउँपालिका–६ अर्जै फुलबारी घर भई बुटवल बस्दै आएका लम्साल दाजुभाइले स्थानीय बजारमै पाइने कच्चा पदार्थ प्रयोग गरेर मशिन बनाइएका हु्न । १ महिनाको प्रयासमा लम्साल दाजुभाइले मशिन तयार गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

मशिनमा ६ इन्चको पीभीसी पाइप काटेर डिजाइन निकालिएको छ । पाइपमा मोटर जोडेर अल्ट्रासोनिक सेन्सरसहित आडिनो आईसी प्रोग्रामिङ गरेर मशिन तयार गरिएको कपिलले बताए । मशिनमा साढे २ लिटरदेखि ५ लिटरसम्म स्यानिटाइजरको झोल राख्न सकिने बनाइएको छ ।

Vianet communication

मानिसको बढी भीडभाड हुने ठाउँहरू हस्पिटल, बैंक, सहकारी, शपिङ मल र घरमा समेत प्रयोग गर्न सकिने ३ हजारदेखि १० हजार रुपैयाँसम्म मूल्य राखेर मशिन बिक्री गर्दै आएका छन् । 

स्वचालित स्यानिटाइजर मशिन मालिका माध्यमिक विद्यालय सिमलटारी, अर्जै माध्यमिक विद्यालय अर्जै, फूलबारी प्राथमिक विद्यालय फूलबारी, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका–६, अर्जै स्वास्थ्य चौकीमा जडान गरिएको कपिल लम्सालले बताए । अल्ट्रा सोनिक सेन्सरसहित आडिनो आईसी प्रोग्रामिङ गरिएको मशिन अहिले पनि बिक्रीका लागि तयारी अवस्थामा राखिएको उनले बताए ।

स्यानिटाइजर छर्कनका लागि गेट समेत बनाएर प्रयोगमा ल्याइएको छ । अटोमेटिक स्यानिटाइजर मशिन भारतबाट नेपाल आउने गर्छ । तर यी लम्साल दाजुभाइले स्वदेशमै आफैं मशिन बनाएका छन् । स्वदेशमै बनाइएको मशिन स्यानिटाइजरबाहेक स्याम्पु, साबुन लगायतका तरल पदार्थ झार्नका लागि समेत उपयोगमा ल्याउन सकिने भएकाले पनि मशिनको प्रबद्र्धनका लागि सम्बन्धित निकायले चासो देखाउनुपर्ने लम्सालको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x