जीप दुर्घटनामा ५ जनाको मृत्यु

फाइल फोटो

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

मंगलवार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


Advertisement

जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्