नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटघाट गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एक ट्वीट गरी बालुवाटारमा भएको भेटघाटका बारेमा जानकारी दिएका हुन् ।
उनी २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका थिए । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।
आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागत गरेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारेका थिए ।
लोकान्तर संवाददाता